Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, ११

अदालतको अवहेलना सम्बन्धीमुद्दामा सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई जवाफ दिन बोलाएको छ ।
कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले त्यस्तो आदेश दिएको हो ।
दाहाल विरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले जेठ ४ गते अदालत अवहेलना मुद्दा दायर गरेका थिए । द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी अदालतको मानहानी गरेको दावीसहित रिट दायर गरिएको थियो ।
गत भदौ ५ गते प्रचण्डले गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्कीे ’अदालतको जात के हो ?’ भनि प्रश्न गरेका थिए ।

दाहालको अभिव्यक्तिबाट सर्वोच्च अदालतको मर्यादामाथि गम्भीर आघात पुगेको र त्यसबाट अदालतको अवहेलना भएको निवेदनमा जिकिर गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स