सभापति कप: फाईनलका लागि बागमति र एनआरटी भिडदै
काठमाडौँ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज हुँदै छ ।
सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिता काँग्रेस सभापति कप फुटबलको फाइनल प्रवेशका लागि आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) र न्यु रोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुने छ ।
आयोजक टिमको कप्तान विकेश कुथु छन् भने एनआरटीका कप्तान अञ्जन विष्ट छन् ।
एनआरटी ए डिभिजनको टिम हो भने आयोजकले ए डिभिजन खेलेका विभिन्न क्लबका खेलाडीहरूलाई समेटेर आयोजकको टिम निर्माण गरिएको छ ।
क्वाटर फाइनलमा आयोजक टिम बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । पुलिससँग १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट कम ब्याक गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको थियो ।
उता, एनआरटीले भने फ्रेन्ड्स क्लब कोपुन्डोललाई ३–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा एनआरटीका अञ्जन विष्टले २ गोल गर्दै शानदार प्रदर्शन गरेका थिए ।
दुवै टिम उत्कृष्ट लयमा रहेकाले आजको सेमिफाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ । आजको विजेताले बिहीबार सङ्कटा क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।
यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै सङ्कटा क्लबले फाइनलमा स्थान बनाएको छ । सङ्कटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा ८–७ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
सभापति कप फुटबल प्रतियोगिताको उपाधि विजेताले नगदै २६ लाख प्राप्त गर्दा उप विजेताले १३ लाखमा चित्त बुझाउने छ ।
यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदीयमान खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिता संयोजक मनिष जोशीले जानकारी दिए ।
यसैबिच, सभापति कप फुटबलको ट्रफी बुधवार दशरथ रङ्गशालामा सार्वजनिक गरिने छ । ट्रफी सार्वजनिक गर्नु अघि काठमाडौँमा युवाहरूको मोटरसाइकल र्याली आयोजना गरिएको नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

