डान्सबारमा कुटपिट हुँदा एक जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, फाल्गुन, २
रुपन्देही । नवलपरासी पश्चिमको बर्दघाटस्थित एक डान्स बारमा कुटपिट हुँदा एक जनाको ज्यान गएको छ। बर्दघाट नगरपालिका–१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा दुई पक्षबीच भएको कुटाकुटमा एक जनाको मृत्यु भएको हो।
घटना गत माघ २८ गते मध्यराति भएको भए पनि घाइते प्रतापुर गाउँपालिका–९ खैरेनीका वर्ष ४५ का सन्तबहादुर चौधरीको उपचारको क्रममा ३० गते साँझ साढे ४ बजे चौरहा अस्पताल बुटवल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जनाकारी दिए।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनबारे अनुसन्धान थालिएको जनाएको छ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

