Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १५
रारा तालको किनारको होटलमा आगलागी, चार भवन जलेर नष्ट

मुगु । मुगुको रारा तालको किनारमा अवस्थित एक होटलमा गए राति आगलागी हुँदा चार वटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको जनाइएको छ ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट गएका १५ जना प्रहरी टोली रारा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले

दिएको जानकारी अनुसार होटेलको भान्साबाट सुरू भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्किँदा अन्य तीन भवनमा क्षति पुर्‍याएको थियो । 

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको बताइएको छ ।

घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

Top Changing Nepal

युट्युब सट्स