रुपन्देहीमा गोली हानी एक युवाको हत्या
भैरहवा । रुपन्देहीको मायादेवी–२ महदेवा(डङ्गचाहावाका) का २९ बर्षिय युवाको गोली हानी हत्या भएको छ । शुक्रबार राती घर भएकै बेला राकेश सिंह लोध (राजु)माथि गोली प्रहार गरी हत्या भएको हो ।
रातीको बेला उन्को शरीरमा गोली प्रहार भएको देखिन्छ , बिहान अवेरसम्म नउठेका उनलाई स्थानियले घरको बरन्डामा मृत अवस्थामा शव भेटिएको थियो । गोली लागेर उन्को घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन ।
गोली हो वा कसरी मृत्यु भयो भन्ने खुलेको छैन घटनास्थलमा नेपाल प्रहरीको टोली अनुसन्धान गर्दैछ । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुरज कार्कीले आखाको माथि निधार र कन्चटमा चोट लागेको देखिएको पुष्टि गरे । विहान करिब ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी पुग्दा रक्ताम्य मृत अवस्थामा भेटिएको उनले भने ।
शव पोष्टमार्टमाका लागि भैरहवा स्थित भीम अस्पताल पठाउन लागिएको छ । एक्लै बस्दै आएका लोध खेती किसानी गर्थे, घरायसी कारणलेउन्को हत्या भएको हुन सक्ने स्थानीयले जानकारी दिएका छन । लोधको टाउँकोमा २ राउण्ड गोली चलाईएको स्थानीयले बताएका छन । स्थानियका अनुसार दाजुभाई विच जग्गाको विषयमा केही महिना देखि विवाद चलेको र जग्गालाई लिएर आफ्नै दाईले हत्या गरेको हुन सक्ने आरोप छ । मृतकका दाजु दिपक लोध फरार छन् ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


