पत्रकार महतको उपचारका लागि चन्द्रपुर अस्पतालका सबैले एक दिनको तलब सहयोग
रौतहट। रौतहटका पत्रकार फणिदेव महत उपचारका लागि चन्द्रपुर अस्पताल प्रालि अस्पतालमा कार्यरत डाक्टरसहित सम्पूर्ण कर्मचारीहरूले एक दिनको तलब बराबरको रकम सहयोग गरेका छन्।
ब्रेन ट्यूमर रोगसँग जुधिरहेका पत्रकार महतको उपचारमा थोरै भए पनि मद्दत पुगोस भन्ने उद्देश्यले अस्पतालका सम्पूर्ण कर्मचारीले एक दिनको तलव बराबरको रकम दिएको चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीले न्युज कारखानालाई बताएका छन्।
अस्पताल परिसरमा मंगलबार एक कार्यक्रमको आयोजना गरी डाक्टर चौधरीले पत्रकार महतको शीघ्र स्वास्थ्य लाभको कामनासहित रकम हस्तान्तरण गरेका छन्।
चन्द्रपुर अस्पताल प्रालिका प्रमुख डाक्टर सुभाष चौधरीले विभिन्न सामाजिक कार्यमा निरन्तर योगदान पुर्याउँदै आएका छन्।
चन्द्रनिगाहपुर घर भएका पत्रकार महत पछिल्लो केही वर्षदेखि ब्रेन ट्युमरको उपचारको लागि राजधानी काठमाडौंदेखि भारतको राजधानी दिल्लीसम्म धाइरहेका छन्।
उनको ब्रेन ट्युमरको अपरेसन समेत भएको थियो तर अपेक्षा अनुसार सुधार देखिएको छैन।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
