विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
भैरहवा । बुद्धजन्मस्थल लुम्बिनीमा ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै शनिबार बेलुका केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो ।
धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरुको सहभागितामा शान्ति र साहर्दताका लागि दीप प्रज्वलन गरिएको हो । नेपालको झन्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्वलनको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गरे ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरी विश्व शान्ति र प्राणी जगतको कल्याणको कामना गर्नु आफैमा महत्वपूर्ण भएको बताए । उनले बुद्धका उपदेशहरुलाई यस्तै आध्यात्मिक कार्यक्रमहरुबाट विश्वभर फैलाउनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा थाईधम्मकायका सल्लाहकार डा. अदिसकले बुद्धको शिक्षाले विश्वबन्धुत्व र एकतालाई जोड दिएको बताउँदै दीपले आन्तरीक र बाह्य ज्ञानलाई प्रतिबिम्बन गरेको बताए ।
यसैगरी कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रीका सल्लाहकार रोशनी गिरी, अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपती डा. सुवर्णलाल बज्रचार्यले बोल्दै दीपको प्रकाशजस्तै बुद्धको उपदेशले पनि अध्यारो चिर्दै जाने बताए । समारोहमा गायिका देविका बन्दनाले बुद्धसम्बन्धी गीत प्रस्तुत गरेकी थिईन । गत वर्ष पनि सोही स्थानमा दीप प्रज्वलन गरिएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
