• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० बैशाख २०८३, आइतबार
२० बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने
  • ६ घण्टा 

नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै
  • ७ घण्टा 

Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  
  • ८ घण्टा 

यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार
  • ९ घण्टा 

सिजी मेरिडिया एआइ स्मार्ट एयर फ्रायर ६ महिनामै नेपाली भान्सामा लोकप्रिय
  • १० घण्टा 

Yamaha Nepal is opening it’s New 3S Showroom in Budhanilkantha, Kathmandu
  • १० घण्टा 

कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता
  • १२ घण्टा 

काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
  • १२ घण्टा 

देशैभर मौसम बदली : यी स्थानमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. नेपाल आयल निगमले घटायो पेट्रोलको मूल्य

  • २. देशैभर मौसम बदली : यी स्थानमा भारी वर्षाको सम्भावना

  • ३. २०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. अबदेखि जग्गाको रोक्का र फुकुवाका लागि मालपोत जानु नपर्ने

  • ५. आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव

  • ६. नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर

  • ७. नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

  • ८. साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ : बालेन शाह

  • ९. काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

एनआरएनए सचिवालयलाई सर्वोच्चको चेतावनीयुक्त पत्र, ५ दिनभित्र आदेश कार्यान्वयन गर्न अल्टिमेटम

जानकारी केन्द्र २०८१, चैत्र, ४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवालयलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले चेतावनीयुक्त पत्र पठाएको छ ।

हाल बद्री केसी नेतृत्वको एनआरएनएले सचिवालयबाट काम कारबाही गर्दै आएकोमा निर्देशनालयले शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई उक्त कार्यालयको जिम्मा दिन यसअघि पत्राचार गरेपनि कार्यान्वयन नभएपछि मंगलबार दोस्रो चेतावनीयुक्त पत्र पठाएको हो ।

पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको २०८० चैत २१ को  आदेशलाई छल्ने÷भाग्ने नियत देखिएकाले पुनः ५ दिनभित्र सम्मानित सर्वोच्च अदालतको उक्त आदेशलाई कार्यान्वयन गरी सोको जानकारी यस निर्देशनालयलाई दिनु होला ।’

अन्यथा सर्वोच्च अदालत नियमावली मोजिम कार्यविधिको कार्यान्वयन गर्ने पत्रमार्फत चेतावनी दिइएको छ । निर्देशनालयलाई फैसला आदेश कार्यान्वयनको क्रममा सहयोग गर्नु सचिवालको कर्तव्य हुन आउने भन्दै पत्राचारलाई कार्यान्वयनको क्रममा बाधा, व्यवधान वा अटेर गरेमा अदालतको आदेशको अवज्ञा गरी कार्यपालना नगरेको व्यहोरासहितको प्रतिवेदन पेस गरिने पत्रमा उल्लेख छ ।

यसअघि फागुन ११ मा सोही निर्देशनालयले उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि सबै कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्ताबेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गर्न निर्देशन दिएको थियो । उच्चस्तरीय समितिको संयोजक पूर्वअध्यक्ष शेष घले रहेका छन् । तर केसी नेतृत्वको एनआरएनएले फैसला कार्यान्वयन निर्देशनालयलाई पत्र पठाउँदै कार्यालय हस्तान्तरण गर्न नसकिने स्पष्ट गरेको थियो ।

बरु पत्रमा घलेलाई कार्यालय हस्तान्तरण गर्न पर्नुको कानुनी आधारबारे सोधिएको थियो । ‘संघको विधान बमोजिम विधिवतरुपमा आफ्नो जिम्मेवारी पुरा गर्दै आएको कार्यसमितिको अन्तर्गत रहेर कार्य गरिहरेको सचिवालयले हस्तान्तरण गर्नुपर्ने के कुन कानुनी आधार हो, तहाँ निर्देशनालयको निर्देशनमा उल्लेख हुन सकेको छैन,’ पत्रमा भनिएको थियो ।

‘संघको अविच्छिन्नलाई गम्भीररुपमा असर पुग्ने गरी सम्मानित सर्वोच्च अदालतबाट कुनै पनि आदेश भएको पनि छैन। प्रचलित कानून र संघको विधान विपरीत संघको संवेदनशील कागजात बिना कारण र कानुनी व्यवस्था विना हस्तान्तरण गर्नु सर्वथा अनुचित र गैरकानूनी पनि हुन्छ’, जवाफी पत्रमा भनिएको थियो ।

गत वर्षको चैत २१ मा एनआरएनएको विवादमा सर्वोच्चले एकताको महाधिवेशन गर्न परमादेश दिएको थियो । सो परमादेशपछि परराष्ट्र मन्त्रालयले ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसीको नेतृत्वलाई काम गर्न रोक लगाएको थियो । त्यसविरुद्ध केसी अदालत गएपछि सर्वोच्चले परराष्ट्रको पत्र कार्यान्वयन नगर्न आदेश दिएसँगै उनले फेरि सचिवालयबाटै काम गर्दै आएका छन् ।

केसीले काममा फर्किएसँगै आफूसँग सहकार्य बिना घलेले एकताको महाधिवेशन गराउन नसक्ने जिकिर गर्दै आएका छन् । केसीले दोस्रो फैसला देखाउँदै कार्यालय खाली गर्न नमानेपछि सर्वोच्चले फेसर ५ दिनको अल्टिमेटमसहित एनआरएनए सचिवालयलाई दोस्रो पत्र पठाएको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने
नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै
यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

ताजा

प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै

Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.