ज्ञानेन्द्र शाहीको आरोप- ‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथी गम्भिर आरोप लगाएका छन् ।
सोमबार सम्पन्न मन्त्रीपरिषद बैठकलेनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले सो आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन,
‘कमरेड प्रचण्ड सार्है नै बाठो छ्न
टिआरसीसगँ कुलमान पो साटेछन’
उनी अगाडी लेख्छन्, ‘आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने सहमती पो भएछ। बधाई छ, कमरेड प्रचण्ड’
मन्त्रीपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष ७ जनाको बैठक बसेको थियो । जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो ।
सो बैठक लगत्तै बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ पदमुक्त गर्ने निर्णय लिएको हो । घिसिङकाे स्थानमा हितेन्द्र शाक्य नियुक्त भएका छन् ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

