२०८१ साल चैत १८ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
मेष–
पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ ।
वृष–
कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । काममा अरुको समर्थन पाइने छ ।
मिथुन–
आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग परेको छ ।
कर्कट–
स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ ।
सिंह–
सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला ।
कन्या–
अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ।
तुला–
व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ ।
वृश्चिक–
रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । कामहरु पनि सजिलै संग बन्ने छन ।
धनु–
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृुृ होला । हातहतियारबाट जोगिनु पर्ने दिन रहेको छ ।
मकर–
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ । परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ।
कुम्भ–
दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ ।
मीन–
नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।
– ज्याे. पं. तुलसी भारद्वाज
सम्बन्धित समाचार
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २१ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


