काठमाडौँ । पुर्वराजदुत एवं लेखक कमल कोइरालाको निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको आइतबार साँझ मृत्यु भएको हो । कोइरालाको आज बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली सभा राखिएको छ।
उनी केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए ।
कमल पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा हुन् । किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए ।





