‘विप्लव’ माओवादीको नेपाल बन्द, विभिन्न ठाँउमा अागजनि, तोडफोड र पक्राउ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले बढ्दो महँगी, भ्रष्टाचार, राष्ट्रघाट र आफ्ना कार्यकर्ताहरूलाई देशव्यापी पक्राउलगायत विरुद्ध आज बिहीबार नेपाल बन्दको आह्वान गरेको छ। बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक सवारीहरु चल्न नसक्दा यात्रुहरु मारमा परेका छन् । निजी सवारी साधनहरु फाटफुट चले पनि सार्वजनिक सवारीहरु चल्न सकेका छैनन् । ठाउँ ठाउँमा यातायातमा तोडफोड र आगजनी भने भएको छ । काठमाडौंको कोटेश्वरमा एउटा ट्याक्सीमा आगजनि भएको छ ।त्यस्तै त्रिपुरेश्वरमा साझाबसमा तोडफोड भएको समाचार छ भने झापामा चारवटा मालवाहक गाडी तोडफोड गरिएको छ।
कलंकीबाट ६ जना, रत्नपार्कबाट १० जना, बालाजुबाट ५ जना, बानेश्वरबाट २ जना र तीनकुनेबाट १ जना पक्राउ गरिएको प्रहरीले बताएको छ ।बन्दका बेला दुध बोक्ने गाडी, स्वास्थ्यसँग सम्बन्धी गाडी, प्रेस, कुटनीतिक नियोग आदिका गाडी भने बन्द नगरेको बन्दकर्ताले बताएका छन