आइपीएलः दिल्लीले लखनउलाइ ८ विकेटले हरायो
काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सविरुद्ध ८ विकेटको फराकिलो जीत निकालेको छ ।
मंगलबार भारत रत्न श्री अटल बिहार भाजपाइ एकान क्रिकेट मैदानमा घरेलु टोली लखनउले प्रस्तुत गरेको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।
दिल्लीका लागि राहुलले ४२ बलमा समान तीन चौका र छक्काको मद्दतले अविजित ५७ रनको योगदान गरेका थिए भने पोरेलले ३६ बलमा पाँच चौका र एक छक्कासहित ५१, कप्तान अक्षर पटेलले अविजित ३४ र करुण नायरले १५ रन बनाउन सफल भएका थिए । लखनउका लागि दुवै विकेट भने एडेन मार्करमले लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रनको योगफल तयार पारेको थियो।
लखनउका लागि मार्करमले ३३ बलमा तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी मिचेल मार्शले ४५, आयुश बदोनीले ३६ र डेविड मिलरले अविजित १४ रन बनाए । दिल्लीका लागि मुकेश कुमारले चार तथा मिचेल स्टार्च र दुस्मन्थ चमिराले समान एक विकेट लिए ।
यो जितसँगै आठ खेलबाट १२ अंक जोडेको दिल्ली दोस्रो स्थानमा रहेको छ भने पराजित लखनउ ९ खेलबाट १० अंकका साथ पाँचौं स्थानमा छ।
सम्बन्धित समाचार
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ‘भर्सन नेक्स्ट’ प्रणाली शुभारम्भ
संसारको पहिलो इमेल कसले पठाएको थियो ? थाहा पाउनुहोस्
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
करिब १ सय ९ किलो गाँजा सहित दुई जना पक्राउ
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै
नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलप्रति बढ्दो आकर्षण, बल्क डेलिभरी सुरु

