अजय देवगनको ‘रेड २’ ले पछि पारयो ‘हिटः३’ र ‘रेट्रो’ लाई
मुम्बई । अजय देवगन, रितेश देशमुख र वाणी कपूर स्टारर फिल्म ‘रेड २’ ले सप्ताहन्तमा उत्कृष्ट कलेक्सन गरेको छ। ‘रेड २’ ले तेस्रो दिन ओपनिङ दिन जत्तिकै कमाइ गरेको छ । फिल्मले ३ दिनमै करिब ५० करोड कलेक्सन गरेको छ ।
उता, ‘रेड २’ सँगसँगै रिलिज भएका पान इन्डिया फिल्म ‘हिट ३ः द थर्ड केस’ र ‘रेट्रो’ को सङ्कलन कम भएको छ। सुर्याको ‘रेट्रो’ले सप्ताहन्तमा पनि फाइदा उठाउन सकेको छैन भने तेस्रो दिन त सिंगल अंकमा मात्रै कमाई गरयो । योसँगै ‘हिट ३’ ले तीन दिनमा ४० करोडभन्दा बढी कलेक्सन गरेको छ । समग्रमा अजयले बक्स अफिसको वास्तविक ‘सिंघम’ आफू नै भएको प्रमाणित गरेका छन् ।
सैकनिल्कको रिपोर्ट अनुसार अजय देवगनको ‘रेड २’ ले तेस्रो दिन १८ करोड भारुको अनुमानित कलेक्सन गरेको छ। फिल्मले दोस्रो दिन १२ करोड र ओपनिङ दिन १९ करोड २५ लाख कमाएको थियो । फिल्मले भारतमा तीन दिनमा ४९.२५ करोड कमाएको छ । ‘रेड २’ सन् २०१८ को सुपरहिट फिल्म ‘रेड’को सिक्वेल हो। दुवै चलचित्रलाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन् ।
साथै, यो सँगै सूर्या र पूजा हेगडे अभिनित चलचित्र ‘रेट्रो’ को तेस्रो दिनको कमाई पनि निकै कम भएको छ । पहिलो दिन फिल्मले राम्रो कलेक्सन गरे पनि दोस्रो र तेस्रो दिन दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेको छैन । पहिलो दिन १९.२५ करोड कमाएको फिल्मले दोस्रो दिन ७.७५ करोड र तेस्रो दिन पनि ७.७५ करोड कमाउन सफल भएको छ । यो प्यान इन्डिया फिल्मले तेस्रो दिनसम्ममा ३४.७५ करोड कमाएको छ ।
उता, नानी, आदिवी शेष र श्रीनिधि शेट्टी स्टारर फिल्म ‘हिट ३ः द थर्ड केस’को बक्स अफिस कलेक्शन सूर्याको ‘रेट्रो’ भन्दा राम्रो थियो। रिपोर्टका अनुसार ‘हिट ३’ ले उद्घाटन दिन २१ करोड कमाएको थियो, जुन ‘रेड २’ भन्दा बढी हो । दोस्रो दिन फिल्मको कलेक्सन घट्यो र १०.५ करोड कमाएको थियो । फिल्मले तेस्रो दिन १०.२५ करोड रुपैयाँ कमाएको अनुमान गरिएको छ । फिल्मले ३ दिनमा ४१.७५ करोड कमाएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
