युरो परीक्षण प्रयोगशाला नै छैन नेपालमा, परिक्षण नै नगरी गाडी नेपालमा
विदेशबाट गाडी आयात गर्दा वातावरणमा पुर्याउने प्रदूषण मापन युरो परीक्षण गरेर मात्र भित्र्याउने व्यवस्था छ । तर, नेपालको आफ्नै युरो परीक्षण प्रयोगशाला नहुँदा मापदण्डभन्दा न्यूनस्तरका गाडीसमेत नेपाल भित्रने गरेको । आफ्नै प्रयोगशालाको अभावमा भन्सार विभागले विदेशी कम्पनीले सर्टिफाई गरेको प्रमाणका आधारमा मात्र गाडीहरूलाई प्रवेश दिने गरेको छ ।
प्रयोगशाला नहुादा पेट्रोल र डिजेलबाट चल्ने साना–ठूला गाडीले वातावरणमा पुर्याउने प्रदूषणको जाँच हुन नसकेको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सवारी प्रदूषण मापदण्ड ०६९ जारी गरे पनि सरकारले प्रयोगशाला स्थापना गर्न बजेट विनियोजन नगरेको जनसंख्या तथा वातावरण मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामचन्द्र पौडेलले बताए ।
प्रयोगशाला निर्माण गर्न दुई अर्बभन्दा धेरै रकम लाग्ने बताइन्छ । युरो मापदण्डको विषयमा सरकार गम्भीर नभएपछि मापदण्डभन्दा न्यून गुणस्तरका गाडीसमेत आयात हुने गरेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

