• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ६ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ७ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ८ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १० घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • ११ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १३ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १३ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०८ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. सीजी मोटर्सको मल्टी-ब्रान्ड ईभी शोकेस : भृकुटीमण्डपमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु हुँदै, के-के छन् आर्कषण?

  • ४. २०८३ जेठ ०९ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. २०८३ जेठ ०७ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ७. २०८३ जेठ ०५ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

पूर्वराजादेखि वर्तमान प्रधानमन्त्रीसम्मलाई उजुरी-अाजको पत्रिका

admin २०७३, जेष्ठ, ३२

पर्खाइका धेरै दिन बिते । दिनहरु खाादिएर वर्ष र वर्ष जोडिएर दशक गुज्रियो । तर सुरेन्द्रका आँखाले आफ्ना दाजु र भाइ फेरि देख्न पाएनन् ।

‘कि लास देओ कि सास देओ भनेर धेरै हिंडियो, अहिले पनि यही निवेदन गरेर फर्केको छु’ बेपत्ता छानबिन आयोगमा सोमबार आफ्ना दाजु पुष्पराज बस्नेत र भाइ धिरेन्द्र बस्नेतको अवस्था पत्ता लगाइपाऊँ भनी उजुरी हालेर फर्केका सुरेन्द्रले भने, ‘तिनका अभियुक्तहरुलाई कारबाही गरिपाऊँ भन्ने पनि हाम्रो माग छ ।’

सुरेन्द्रका पिता भीमबहादुर बस्नेतले दायर गरेको उजुरीमा तत्कालीन राजा ज्ञानेन्द्र, गृहमन्त्री कमल थापा, सेना प्रमुख प्याराजंग थापा, भैरवनाथका गणपती राजु बस्नेत, त्यसपछिका सबै प्रधानमन्त्रीसहित अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि विपक्षी बनाइएको छ । यसका अतिरिक्त पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, कंग्रेस नेता एवं पूर्वगृहमन्त्री रामचन्द्र पौडेल, तत्कालिन सैन्य गुप्तचर विभाग प्रमुख दिलिप रायमाझी लगायत १६ लाई बेपत्ता पार्नेहरुको सूचिमा राखिएको छ ।

दमक झापका पुष्प र धिरेन्द्रलाई काठमाडौंमा पक्राउ गरिएको थियो । उजुरीमा पुष्पराजलाई २०६० साल मंसिर १९ गते दिउँसो कालीमाटीबाट र धिरेन्द्रलाई २०६० साल मंसिर २८ बिहान कलंकीबाट भैरवनाथ गणबाट आएका सेनाले नियन्त्रणमा लिएर वेपत्ता पारिएको उल्लेख छ ।

बेपत्ताहरु फेला पर्न सक्ने संभावित स्थान भनी लेखिएको फारममा पीडित परिबारले ‘भैरवनाथ गण महाराजगञ्ज’ भनी लेखेको छ ।

‘बेपत्ता भएपछि हामीले दुबैलाई कहिल्ये देख्न पाएनौं, के कसो अवस्थामा उनीहरु गुज्रिए कहिल्यै जानकारी पनि मिलेन’ सुरेन्द्र भन्छन्,‘हामीलाई लाग्छ, उनीहरुको हत्या भइसकेको छ, तर कसको पालामा कसले गर्‍यो भन्ने चाहिँ अनुसन्धान नगरी नखुल्ने हुनाले त्यतिबेलाका सासन सत्तामा बसेका र त्यसपछि पनि राज्यको अधिकार सम्हालेका सबैलाई अभियुक्त बनाउनु परेको हो । यी मध्ये कोही न कोही अपराधी जरुर हो जो छानबिनले देखाउने नै छ ।’

बेपत्ता पारिएको समयमा पुष्पराजको उमेर २६ र धिरेन्द्रको २० वर्षको थियो भने सुरेन्द्र २२ वर्षका थिए ।

‘उनीहरु दुबै विद्यार्थी संगठनमा सक्रिय थिए र मात्र आस्थाको भरमा पक्राउ परेका थिए’ सुरेन्द्र भन्छन्,‘हामीले त पक्राउ परेको रेडियोबाट थाहा पायौं, राज्यले ठूलो अन्याय गर्‍यो, त्यसको सत्य निरुपण होस्, हाम्रा मान्छेको अवस्था के छ त्यो खुलोस अनि दोषीले कडाभन्दा कडा दण्ड पाओस् ।’

पेपत्ताको आफन्तको पारिबारिक अवस्था अत्यन्त दयनीय भएको, वर्षौंसम्म ठूलो मानसिक आघातबाट गुज्रनु परेको र उनीहरुबाट आश्रित परिबार ठूलो विचल्लीमा परेको उजुरीमा भनिएको छ ।

खोजखबर गर्दा केही अत्तोपत्तो नलागेपछि बेपत्ताहरुकी आमा आमा चन्कुमारीले आफ्ना छोराहरु खोजिपाऊँ भनी २०६२ भदौ ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायरसमेत गरेकी थिइन् । सेना र राज्यपक्षका अन्य निकायले बस्नेत बन्धुालई बेपत्ता पारेको भन्दै अदालतले पीडित परिबारलाई एक लाख रुपैयाँ राहत दिन आदेश पनि गरेको उजुरीमा उल्लेख छ ।

कान्तिपुरबाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.