१८ बर्ष पछि बेंगलुरुले बन्यो आईपीएल बिजेता
काठमाडौं । १८ बर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ ।
मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।
बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम ओभरमा २९ रन आवश्यक भए पनि शो पुरा गर्न नसक्दा पञ्जाव जीतवाट बाहिरिएको हो ।
सो फाइनल खेलमा शशांक ३० बलमा ६१ रनमा अविजित रहेका थिए भने जोश इङ्लिसले ३९ रन बनाउन सफल भए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाउन सफल भएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान रजत पाटिदारले २६ रन बनाउन सफल भए ।
तर, लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाउँदै बैंग्लरूले बलियो उपस्थिति देखायो ।
उता, पञ्जाबका लागि अर्शदीप सिंह र काइल जेमिसनले ३–३ विकेट लिएका थिए भने अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १–१ विकेट लिन सफल भए ।
बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि भने जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि बेंगलुरु उपाधिबाट भने वञ्चित हुदैँ आएको थियो ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

