कान्ताराः २ को सेटमा अर्को ठूलो दुर्घटना
हैदाराबाद । ऋषभ शेट्टीको फिल्म ‘कान्ताराः च्याप्टर १’ को सेटमा अर्को ठूलो दुर्घटना भएको छ । मिमिक्री कलाकार तथा अभिनेता कलाभवन निजुको हृदयघातका कारण निधन भएको हो । फिल्मको सुटिङका क्रममा यो दुखद घटना घटेपछि सेटमा शोक र सन्नाटा छाएको थियो ।
अर्का मिमिक्री कलाकार कन्नन सागरले कलाभवन निजुको निधन भएको पुष्टि गरेका छन् । उनका अनुसार बिहीबार राति १०ः३० बजे ह्वाट्सएप ग्रुपमा यसबारे जानकारी पाएको बताए । हिन्दुस्तान टाइम्सका अनुसार बिहीबार राति बेंगलुरुमा कलाभवन निजुको निधन भएको हो ।
जहाँ उनी ‘कान्ताराः च्याप्टर १’ को सुटिङमा रहेका थिए । ४३ वर्षीया निजुले छाती दुखेको गुनासो गरेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । निजु हालै फिल्म मार्कोमा देखिएका थिए ।
तपाईलाई भनौं, कान्ताराः२ को सेटमा दुर्घटना भएको यो पहिलो पटक भने होइन, यसअघि पनि मे ६ मा पनि फिल्म कान्तारा २ का जुनियर कलाकार एमएफ कपिलको नदीमा डुबेर मृत्यु भएको थियो । पछि उनको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । कान्तारा–२ को सुटिङका क्रममा लंच ब्रेकमा पौडी खेल्न गएका कपिलको करेन्ट लागेर मृत्यु भएको बताइएको छ । यो खबर बाहिरिए लगत्तै चलचित्र महासंघले निर्माता र घटनालाई कडा कारबाही गर्न माग गरेको छ ।
यसबाहेक केही समयअघि छायांकन स्थलबाट फर्किएका जुनियर कलाकार बोकेको बस पल्टिदा कान्तराको सेटमा पनि भारी हावाहुरी र वर्षाले क्षति पुगेको थियो ।
कान्तारा २, कान्तारा श्रृंखला को दोस्रो भाग हो। कान्ताराको पहिलो भाग सन् २०२२ मा रिलिज भएको थियो र यसले बक्स अफिसमा ठूलो कमाई गरेको थियो र कान्तारा २ यस शृङ्खलाको प्रिक्वेल हो।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

