स्कटल्याण्डविरुद्ध नेपालको संघर्षपूर्ण जित
काठमाडौं । नेपालले स्कटल्याण्डमाथि २ विकेटको जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य पछाएको नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ३० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १४ र बसिर अहमदले १३ रन बनाए । त्यस्तै किरण ठगुन्नाले १० रन बनाए भने लोकेस बमले ९, कप्तान रोहित पौडेलले ७, अनिल शाहले ३ र रुपेश सिंहले ३ रन बनाएका थिए । त्यस्तै करण केसीले अविजित ३ रन बनाएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुदै ९७ रन बनाएको थियो । स्कटल्याण्डका लागि माइकल लिस्कले सर्बाधिक ४६ रन बनाए भने कप्तान माथ्यु क्रसले १५ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र करण केसीले २/२ तथा ललित राजबंशीले एक विकेट लिए ।
योसँगै यस सिरिजमा नेपालले दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने पहिलो खेल जितेको स्कटल्याण्डले दोस्रो खेलमा हार बेहोरेको छ।
नेपालले अब नेदरल्याण्ड्ससँग बिहीबार खेल्नेछ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

