सिरहामा एक युवकको शव फेला, हत्याको आशंका
मुकेश कुमार यादव
सिरहा । सिरहाको अर्नमा गाउँपालिका १ बुढियाचापमा एकजना युवकको शव फेला परेको छ । अर्नामा गाउँपलिका १ बुढियाचापको रामसेवक महराको छोरा अन्दाजी ३५ वर्षीय अजय महराको शव आज बिहान घर अगाडि नै शव फेला परेको हो ।
अजयलाइ कसैले मरणासन्न हुने गरी कुटपिट गरेर घाटिमा पलास्टिकको पासो लागेको अवस्थामा उनकै घर अगाडि शव राखिएको स्थानियहरु बताउँछन् ।
कुटपिट पश्चात घिसारेर उनको हत्या गरिएको स्थानियको आरोप छ। मृतक महरा मानसिक रोगिपनी रहेको एकजना स्थानीयले जनाए। उनले भने, झउनको मानसिक संतुलन ठिक थिएन।
तर, उनको घरमा करिव दुई चार दिन देखी घरायसी झै झगडा समेत भैरहेको थियो। महराको हत्यमा उनको श्रीमतिको पनि सङ्लग्नता रहेको उनको आरोप छ।
स्थानियले घटनाबारे प्रहरिलाइ जानकारी गराए लगतै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।
महराको मृत्यु संकासपद रहेकोले अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेशबाट तालिम प्राप्त कुकुर आइरहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जनाएको छ।
उनले भने, हत्याको आशंका रहेकोले तालिम प्राप्त कुकुर ल्याइएको र अनुसन्धान भैरहेको बताए।
मृत्यू कसरी भएको विषयमा थप अनुसन्धान भइरहेको बताए।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


