नेपाल आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै, सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्य
जानकारी केन्द्र
२०८२, असार, १८
काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्ग समूह ‘एफ’ को दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ६स्१५ बजे उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा सुरु हुनेछ।
नेपालले आफ्नो पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन् । यसअघि श्रीलंकाले भने घरेलु टोली उज्बेकिस्तानसँग १०–० को फराकिलो हार बेहोरेको थियो । महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

