पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे-अाजको पत्रिका
काठमाडौं ७ असार
एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन्। दुई महिनामा २२ जनाले राजीनामा दिएका छन्। अाजको नयाँपत्रिकामा खवर छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोमा एयरका को-पाइलट विशाल कार्कीलाई पक्राउ गरेको थियो। आइएस्सी फेल भएपछि उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी पास गरेको नक्कली सर्टिफिकेट बनाएर पाइलट पढेका थिए। अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गरिसकेको छ। कार्की पक्राउ परेपछि पाइलटहरुले राजीनामा दिन थालेको सीआईबीका निर्देशक डीआईजी नवराज सिलवालले बताए।
चिकित्सा क्षेत्रमा आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा एमबीबीएस पढेजस्तै पाइलट पेसामा पनि त्यस्तै प्रवृत्ति देखिएको थियो। एकजना पक्राउ परेपछि अरुले धमाधम राजीनामा दिएका हुन्। डीआइजी सिलवालले नक्कली प्रमाणपत्रधारी पाइलटहरुमाथि पनि अनुसन्धान भइरहेको बताए।
पाइलट मात्र नभई कतिपय चिकित्सकसमेत जागिर छाडेर विदेश जान थालेको स्रोत बताउँछ।
हालसम्म सीआईबीले करिब एक हजार पाँच सय चिकित्सकको शैक्षिक प्रमाणपत्र आधिकारीकता जाँच गरेकोमा करिब एक सय ५० जनाको आइएस्सीको प्रमाणपत्र नक्कली भएको पुष्टी भइसकेको छ। जसमध्ये ५३ जना पक्राउ परिसकेका छन्। शुक्रवारमात्रै सीआइबीले ३६ जनालाई पक्राउ गरी ठगी मुद्दामा कारबाही अघि बढाएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

