बारा र रौतहटमा एकैदिन करेन्ट लागेर दुई बालबालिकाले गुमाए ज्यान
काठमाडौं । बारा र रौतहटमा मंगलबार दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई बालबालिकाको मृत्यु भएको छ । दुवै घटनामा करेन्ट लागेर गम्भीर घाइते भएका बालबालिकाको उपचारको क्रममा ज्यान गएको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका ११ खैरवाकी ७ वर्षीया लक्ष्मी माझीको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय चुँडिएको विद्युत् तारमा छोइएर गम्भीर घाइते भएकी उनलाई तत्काल पर्साको नेशनल मेडिकल कलेज, वीरगंजमा लगिएको थियो । तर, उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै रौतहटको मौलापुर नगरपालिका ८ सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेल (गोलु) को पनि मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय शान्ति पोलिक्लिनिकमा लगिएको थियो । तर, उपचारका क्रममा उनको पनि निधन भएको प्रहरीले पुष्टि गरेको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीद्वारा आवश्यक अनुसन्धान जारी रहेको जनाइएको छ । यसैबीच, विद्युत् सुरक्षा सम्बन्धी लापरवाहीले ज्यान जाने घटनाहरू बढ्दै गएकाले सावधानी अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

