विराटनगर किङ्सद्वारा भी-चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त
विराटनगर । कोशी प्रदेशको प्रतिनिधित्व गर्ने प्रमुख क्रिकेट फ्रेन्चाइज टिम ‘विराटनगर किङ्स’ले भी-चित्र आफ्नो आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त गरेको छ। यो स्ट्राटेजिक पार्टनरशिपले ब्रान्डको उपस्थिति अझ बलियो बनाउने, फराकिलो दर्शक वर्गसँग संलग्नता बढाउने र समग्र मार्केटिङ पहलहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको बताइएको छ।
आफ्ना इनोभेटिभ स्ट्राटेजी र प्रमाणित ट्रयाक रेकर्डहरूका लागि परिचित भी-चित्र, डिजिटल मार्केटिङ, ब्रान्ड विकास, दर्शक संलग्नता र पीआर व्यवस्थापनमा सशक्त अनुभव राख्ने एक स्थापित मार्केटिङ एजेन्सी हो जसले अब विराटनगर किङ्सको सम्पूर्ण मार्केटिङ र सञ्चार प्रयासहरूको जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
“हामी भी-चित्रसँगको साझेदारीप्रति निकै उत्साहित छौं”, विराटनगर किङ्सका टिम मालिक वेङ्कटेश मुन्द्राले भने, “वहाँहरूको सिर्जनात्मक सोच र रणनीति हाम्रो दीर्घकालीन दृष्टिकोणसँग पूर्ण रूपमा मेल खान्छ। यो सहकार्यले हाम्रो उपस्थिति थप मजबुत बनाउने र समर्थक तथा समुदायसँग हाम्रो सम्बन्धलाई थप गहिरो बनाउनेमा हामी विश्वस्त छौं।”
भी-चित्रका प्रबन्ध निर्देशक शेखर क्षेत्रीले भने, “विराटनगर किङ्सको आधिकारिक मार्केटिङ एजेन्सी बन्न पाउनु हाम्रो लागि गर्वको विषय हो। वहाँहरूको प्रतिबद्धता र जोश प्रेरणादायी छ, जसमा परम्परासँगको गहिरो सम्बन्ध पनि झल्किन्छ। हामी वहाँहरूको मौलिक पहिचानलाई उजागर गर्ने र रणनीतिक लक्ष्यहरू पूरा गर्न सघाउने सशक्त र प्रभावकारी क्याम्पेनहरू विकास गर्न तत्पर छौं।”
विराटनगर किङ्स र भी-चित्र बीचको यो साझेदारीले नेपाल प्रिमियर लिगको आगामी सिजनमा इनोभेटिभ क्याम्पेन र दर्शकसँग बलियो संलग्नताको नयाँ अध्याय सुरु गर्ने संकेत दिएको बताइएको छ।
विराटनगर किंग्सको बारेमा :
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा नेपालको कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रान्चाइज हो। बिराटनगर किंग्सको लक्ष्य स्थानीय प्रतिभा प्रदर्शन गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र प्रशंसकहरू र कम्युनिटीसँग संलग्न हुनु हो, जसले कोशी प्रदेशको गौरव बढाउने लक्ष्य राखेको जनाइएको छ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

