पाकिस्तानमा बाढी पहिरोमा परी २०० बढीको मृत्यु
इस्लामवाद । पाकिस्तानमा जारी मनसुनी वर्षा र अचानक आएको बाढीका कारण हालसम्म दुई सयभन्दा बढीको मृत्यु भएको छ । जसमा करिब एक सय बालबालिका रहेको पाकिस्तानको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जानकारी दिएको छ।
जसअनुसार पञ्जाब प्रान्तमा सबैभन्दा बढी १२३ जनाको मृत्यु भएको छ भने यसपछि खैबर पख्तुनख्वामा ४०, सिन्धमा २१, बलुचिस्तानमा १६ र इस्लामाबाद र पाकिस्तान प्रशासित कश्मीरमा १–१ जनाको मृत्यु भएको छ ।
एनडीएमएका अनुसार भवन भत्किँदा १ सय १८, बाढीका कारण ३० जनाको मृत्यु भएको छ भने डुबेर, चट्याङ, विद्युत् करेन्ट र पहिरोका कारण पनि धेरैको मृत्यु भएको छ।
पाकिस्तानमा आएको बाढीका कारण अहिलेसम्म ५६० भन्दा बढी घाइते भएका छन् जसमा १८२ बालबालिका रहेका छन्। उनीहरू यतिखेर आश्रयस्थल र स्थानिय अस्पतालमा उपचाररत रहेका छन् ।
पाकिस्तानमा हरेक वर्ष जुन देखी सेप्टेम्बरको बीचमा मनसुन बाढी आउँछ। जसले गर्दा ठूलो धनजनको क्षति हुदैँ आएको छ ।
उता, संयुक्त राष्ट्रसंघले खैबर पख्तुनख्वा र गिलगिट–बाल्टिस्तानका पहाडी क्षेत्रमा हिमनदीको ताल फुट्ने सम्भावना रहेको चेतावनीसमेत दिएको छ। सो हिमताल फुटेमा थप क्षति हुने जनाइएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

