भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा
नयाँदिल्ली । भारतका १४औँ उपराष्ट्रपति जगदीप धनखरले राजिनामा दिएका छन् ।
स्वास्थ्यका कारण देखाउँदै २१ जुलाई राति देखी लागु हुने गरी उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । ७४ वर्षीय धनखरको कार्यकाल १० अगस्ट २०२७ सम्म कायम थियो।
उनले जुलाई १० मा मात्रै एक कार्यक्रममा भनेका थिए, ‘भगवानको कृपाले मलाइ सौभाग्य प्राप्त भएको छ कि म अगस्ट २०२७ मा मात्रै रिटायर हुनेछु, त्यो बेला सम्म देशका लागि काम गर्न पाएकोमा गर्ब गरेको छु।’ तर, यसो भनेको ११ दिन पछि अचानक उनको राजिनामा आए पछि एक किसिमको तरंग छाएको छ ।
धनखरले धारा ६७ (ए) बमोजिम राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पत्र बुझाइसकेको जनाएका हुन् । उनले राजिनामा पत्रमा लेखेका छन् – ‘स्वास्थ्य र चिकित्सा सल्लाहलाई प्राथमिकता दिँदै तत्काल प्रभावबाट भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिँदैछु ।’ पत्रमा उनले सहयोग र सौहार्दपूर्ण सम्बन्धका लागि राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । साथै, सहयोगका लागि प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई धन्यवाद पनि दिए ।
तर, उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेपछि मात्र लागू हुनेछ ।
११ अगस्ट २०२२ मा धनखरले उपराष्ट्रपतिको रूपमा पद तथा गोपनियताको सपथ लिएका थिए । उनी उपराष्ट्रपतिको चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्भालाई पराजित गरेर सो पदमा निर्वाचित भएका थिए । जसबेला उपराष्ट्रपति धनखरले ७२५ मतमध्ये ५२८ मत पाएका थिए भने अल्वाले १८२ मत पाउन सफल भएका थिए ।
अहिले भारतीय संसदको मनसुन अधिवेशन चलिरहेको छ । उपराष्ट्रपति राज्य सभाका पनि अध्यक्ष हो। धनखर अधिवेशनको बीचमा पदबाट राजीनामा दिने देशका पहिलो उपराष्ट्रपति हुन्।
आफ्नो कार्यकालको बीचमा राजीनामा दिने उनी तेस्रो उपराष्ट्रपति पनि हुन् । उनको राजिनामा स्विकृत हुने जनाइएको छ ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
