हरिद्वारको मन्दिरमा भागदौड मच्चिदाँ ६ को मृत्यु, २५ घाइते
हरिद्वार । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा आइतबार बिहान भागदौड मच्चिएको छ । सो भागदौडमा परी अहिलेसम्म ६ जना ऋदालु भक्तजनको मृत्यु भइसकेको छ भने ३५ जना घाइते भएका छन् ।
गढवाल डिभिजनका आयुक्त विनय शंकर पाण्डेले मन्दिरमा ठूलो भीड जम्मा भएका कारण दुर्घटना भएको बताए । उनका अनुसार उच्च भोल्टेजको बिजुलीको तार खसेको अफवाह पछि अचानक भागदौड मच्चिएको हो ।
हरिद्वारमा भएको भागदौडमा ६ जनाको मृत्यु भएको विषयमा एसएसपी प्रमेन्द्र सिंह डोभालले भने, ‘हामीलाई केही घाइते भएको जानकारी प्राप्त भएको थियो, त्यसपछि प्रहरीले तत्काल कारबाही गरेको थियो । करिब ३५ जनालाई अस्पतालमा ल्याइएको छ भने ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । बाँकीको उपचार भइरहेको छ।
सो मन्दिर सडकबाट १०० मिटर तलको सिँढीमा विद्युतीय झट्का लागेको हल्लाका कारण भागदौड सुरू भएको प्रारम्भिक अनुसन्धान सुरू भएको छ ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


