• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • ७ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • ८ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २१ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • २२ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • २२ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • २४ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १ दिन 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १ दिन 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ९. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • १०. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

चार युग, चार खम्बा : जब केदारेश्वरको अन्तिम खम्बा ढल्छ, संसार सकिनेछ ?

जानकारी केन्द्र २०८२, श्रावण, १५

एजेन्सी । भारतका महाराष्ट्र राज्यको अहमदनगर जिल्लामा अवस्थित हरिश्चन्द्रगढको पहाडमा रहेको केदारेश्वर गुफा मन्दिर धार्मिक तथा रहस्यमय दृष्टिकोणले निकै चर्चित छ ।

यस मन्दिरलाई लिएर एउटा अद्भुत कथा छ – यो मन्दिर केवल एकवटा खम्बामा टिकेको छ, र बाँकी तीन खम्बा पहिले नै भाँचिसकेका छन् । जनविश्वास अनुसार यी चार खम्बाहरू चार युगहरूको प्रतिनिधित्व गर्दछन्स् सत्य युग, त्रेता युग, द्वापर युग, र कलियुग ।

हाल मन्दिरमा केवल कलियुगको खम्बा मात्र बाँकी छ, बाँकी तीन युग समाप्त भइसकेको प्रतीकस्वरूप ती खम्बा भाँचिएका छन् । धार्मिक जनश्रुति अनुसार, जब यो अन्तिम खम्बा – कलियुगको प्रतीक पनि भाँचिनेछ, तब यो युगको पनि अन्त्य हुनेछ र सँगै संसार पनि समाप्त हुनेछ ।

इतिहास र वास्तुकला
केदारेश्वर मन्दिरको निर्माण प्राचीन कालमा कलचुरी वंशद्वारा ६ औं शताब्दीमा भएको मानिन्छ । यद्यपि, ११ औं शताब्दीमा मात्र यो गुफा पुनस् खोजिएको थियो । मन्दिर प्राकृतिक चट्टानको गुफाभित्र अवस्थित छ र यहाँ एउटा ठुलो शिवलिंग छ, जसलाई चारैतिरबाट पानी भरिएको कुण्डले घेरेको छ । यहाँ पुग्नको लागि कठिन यात्रा गर्नुपर्छ, जुन साहसी पर्यटक र भक्तजनका लागि एक आकर्षण पनि हो ।

धार्मिक महत्त्व र जनविश्वास
विशेषगरी सावन महिनामा (श्रावण) यो मन्दिरमा श्रद्धालुहरूको भीड लाग्दछ, किनभने सावनलाई भगवान शिवको प्रिय महिना मानिन्छ । भक्तजनहरू यहाँ आएर शिवलिंगको दर्शन मात्र होइन, चार युगहरूद्वारा प्रतिनिधित्व गरिएका खम्बाहरूको अवलोकन पनि गर्दछन् ।

एक रोचक विश्वास अनुसार, यी खम्बाहरूको उचाइ पनि युग अनुसार परिवर्तन भइरहन्छ । कलियुगको खम्बा झन् झन् सानो हुँदै गएको विश्वास गरिन्छ, जुन खम्बाको अवशेषात्मक अवस्था र बिस्तारै हुने क्षयलाई धार्मिक व्याख्याले जोडिएको छ ।

रहस्य, विश्वास वा वास्तुकला
यो मन्दिरको रहस्यलाई वैज्ञानिक दृष्टिकोणले हेर्दा, चट्टानी बनावट र समयक्रममा भएको क्षयको कारणले खम्बा भाँचिनु स्वाभाविक हो । यद्यपि, धार्मिक विश्वास र जनश्रुतिहरूले यसलाई एक प्रतीकात्मक घटनासँग जोडेको छ । यस्तो रहस्यले धार्मिक स्थलहरूमा आस्था थप गाढा बनाउँछ, जसले धार्मिक पर्यटनलाई पनि प्रोत्साहन दिन्छ ।

केदारेश्वर गुफा मन्दिर केवल एउटा धार्मिक स्थल होइन, यो एउटा यस्तो स्थान हो, जहाँ पुरानो इतिहास, वास्तुकला, प्रकृति र जनविश्वासले संगालो बनाएको छ । चाहे त्यो खम्बा वास्तवमै कलियुगको अन्त्यको संकेत होस् वा केवल एक वास्तुकलात्मक संयोग, यसले हाम्रो संस्कृति र विश्वास प्रतिको गहिरो सम्बन्ध अवश्य देखाउँछ । यदि तपाईं नेपाल वा भारतमा हुनुहुन्छ भने, यस रहस्यमय मन्दिरको दर्शन जीवनमा एक पटक अवश्य गर्नुहोस् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.