Jankari Kendra
१४ आश्विन २०८३, बुधबार
Worldlink

अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, १७
अटेमन स्रामाज्य देख्ने एक मात्र टर्किस महिलाको १३१ बर्षमा मृत्यु

इस्तानबुल । टर्किकी सबैभन्दा वृद्ध महिला मानिने होदी गुरकानको हालै निधन भएको छ । निधन हुदाँ उनको उमेर १३१ वर्ष थियो। उनले दक्षिण–पूर्वी टर्किको सानलिउर्फा प्रान्तको विरानसेहिर जिल्लाको बिनेक्ली भन्ने ग्रामीण इलाकामा अन्तिम श्वाँस लिइन् । गुर्कनको नाम आधिकारिक जनसंख्या रेकर्डमा रेकर्ड गरिएको छ र जस अनुसार उनको जन्म १ जुलाई १८९४ मा भएको थियो।

टर्की टुडेको समाचार अनुसार उनले आफ्नो जीवनमा टर्की इतिहासका धेरै महत्त्वपूर्ण चरणहरू देखेकी थिइन् । ओटोमन साम्राज्यको अन्तिम वर्ष टर्कीको स्वतन्त्रता युद्ध, आधुनिक गणतन्त्र, अता तुर्कको स्थापना र त्यसपछि नयाँ युगको उदय सबै देख्न र भोग्न पाएकी एक मात्र जिवित महिला थिइन् ।

होडी गुर्कनले आफ्नो सम्पूर्ण जीवन बिनेक्ली जन्मेको गाउँमा बिताइन् । यो गाउँ विरानसेहिर शहरबाट करिब ३५ किलोमिटर टाढा रहेको छ । उनले कुल ७ सन्तानलाई जन्म दिइन्, धेरै पुस्ताहरूमा आफ्नो परिवार फैलाइन्  । आज उनको परिवारमा ११० जना नातिनातिना छन् र अझ धेरै पनाति पनातिनाहरू पनि रहेका छन ।

गाउँलेहरूका लागि उनी बुढी महिला मात्र नभई इतिहासको जिउँदो किताब थिइन्। उनको ज्ञान, अनुभव र पारिवारिक मार्गदर्शनले उनलाई धेरै सम्मानित स्थान प्राप्त थियो ।

गुर्कन उनको गाउँमा सम्मानित र प्रेरणादायी व्यक्तित्व थिइन्। उनको उमेर र अनुभवले उनलाई समाजमा महत्त्वपूर्ण स्थान दिएको छ। उनको अन्तिम यात्रा बिनाकेलीको समाधिस्थलमा भएको थियो, जसमा परिवारका सदस्य र स्थानीय बासिन्दाको ठूलो सहभागिता रहेको थियो ।

होदी गुर्कनको जन्म त्यो युगमा भएको थियो जब टर्कीमा ओटोमन साम्राज्यको शासन थियो। उनले टर्कीको स्वतन्त्रताको संघर्ष, नयाँ गणतन्त्रको गठन र आधुनिक युगको लामो यात्राको साक्षी थिइन । उनको जीवन यात्राले टर्कीको इतिहासमा धेरै महत्त्वपूर्ण घटनाहरू देख्न पाएको छ ।

Top Changing Nepal

युट्युब सट्स