‘५ वर्षसम्म शुन्य खर्च’ अफरसहित सार्वजनिक भयो नयाँ दिपल एस०७ आईसीए
काठमाडौं । नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ । यस कारको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्वदिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँउचाइमा पु¥याउने अपेक्षा गरिएको बताइएको छ ।
नेपालको सबैभन्दा सुन्दर इभीका रुपमाआफूलाई स्थापित गर्न सफलदिपल एस०७आईसीए भेरियन्टनयाँ एक्साइटिंग कलर नेबुलाब्लुमा पनि उपलब्ध हुनेछ । यो नयाँ कारको एलोइ ह्विललाई पनि अझ आकर्षक बनाइएको छ । दिपल एस०७आईसीएमा ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ जसले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ ।
नयाँ दिपल एस०७ आईसीए एपग्रेड मात्र होइन, यो नेपालको हालसम्मकै सबैभन्दा बढी कनेक्टेड र सुन्दर इभीहो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘नेपालमा सार्वजनिकभएको डेढ वर्षमै अहिले ९५० वटा दिपल सडकमा गुडिरहेका छन् र यसले सेग्मेन्टको ६० प्रतिशतबजार हिस्सा ओगट्न सफलभएको छ । यो नयाँइभीको सार्वजनिकीकरणले एमएडब्लु नेपालको इभीक्रान्तिलाई नेतृत्वदिन प्रतिबद्ध छ भन्ने दर्शाउँछ ।’
नयाँ पुस्ताको कनेक्टिभिटीले पहिलेभन्दा स्मार्ट
नयाँ दिपल एपमा ग्राहकलाई कारसँग विना रोकतोक अन्तरक्रिया गर्न मद्दत गर्छ । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्यालखोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिंगको अवस्थाबुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ । साथै यसमा ४जी५जी हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा रहेको छ।
लक्जरी र प्रविधिको नयाँ उचाइ
दिपल एस०७आईसीएमा आफ्नो ट्रेन्डसेटिंग सुन्दरता र अत्याधुनिक प्रविधि मार्फत इलेक्ट्रिक मोबिलिटीमा नयाँमानक स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ । यसको टाइमलेस डिजाइन र १० भन्दा बढी अझै पनि अन्य इभीमा नभएका इन्डस्ट्री फस्र्ट फिचरले दिपलको भिजनलाई दर्शाउँछ ।
यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिंग असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिकग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ ।
‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अफर
दिपल एस०७र्आइसीएको लन्चकै अवसरमा एमएडब्लु वृद्धिले बेजोड स्किम ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दिपल इभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन । दिपल एस०७ को ग्राहकले पाँचवर्षका लागि अटोप्लस इन्स्योरेन्स, पेरियोडिक मेन्टेनेन्स कस्ट, इलेक्ट्रिसिटी कस्ट र रोड ट्याक्स पाउनेछन् ।
यो स्किम मार्फत ग्राहकले नेपालकै नं १ लक्जरी इभीदिपल एस०७ सहजैसँग खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार, नयाँदिपल एस०७आईसीएले आफ्नो आइकनिक डिजाइन, इन्टेलिजेन्ट इनोभेसन र बेजोड ओनरसिप स्किममार्फत इलेक्ट्रिक एसयुभी सेग्मेन्टमा आफ्नो नं १ स्थानलाई निरन्तरता दिने अपेक्षा एमएडब्लु वृद्धिले गरेको छ ।
सम्बन्धित समाचार
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते हुने, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
इ.मास ५ सार्वजनिकसँगै देशभर चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
सीजी मोटर्सद्धारा पोखरामा नयाँ मल्टि–ब्राण्ड आउटलेट सञ्चालनमा
नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख
लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
घट्यो बजाजको ईएमआईः अब मासिक किस्ता–मूल्य झनै कम
ट्रेन्डिङ
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति