अब सबै संघीय अस्पतालमा डिजिटल भुक्तानीको व्यवस्था लागू हुँदै
काठमाडौं । अब देशभरका सबै संघीय अस्पतालहरूमा अनलाइन तथा क्युआरमार्फत डिजिटल भुक्तानी प्रणाली लागू हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा भीड व्यवस्थापन र सेवा सरल बनाउने उद्देश्यसहित यो निर्णय कार्यान्वयनमा लैजाने तयारी भएको हो।
बुधबार स्वास्थ्य मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई पत्राचार गर्दै बिल भुक्तानी डिजिटल प्रणालीमार्फत लिनु पर्ने निर्देश दिएको छ। मन्त्री पौडेलले अघि सारेको नौ बुँदे सुधार योजनाअनुसार सेवा प्रवाहलाई सहज, पारदर्शी र आधुनिक बनाउने पहलस्वरूप डिजिटल पेमेन्ट प्रणाली ल्याइएको मन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अस्पतालहरूको डिजिटल सेवा कार्यान्वयनको अनुगमन गर्ने तयारी गरिरहेको छ। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, “अस्पतालहरूले मन्त्रालयसँग गरेका नौबुँदे प्रतिबद्धतामा भीड व्यवस्थापनसम्बन्धी व्यवस्था पनि छ, अब कार्यान्वयनको अनुगमनमा कडाइ गरिनेछ।”
सरकारी अस्पतालहरूमा हुने टिकट लिन लामो लाइन, काउन्टरको भीड, र नगद कारोबारबाट हुने असुविधा हटाउने उद्देश्यले यो निर्णय महत्त्वपूर्ण मानिएको छ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

