एसिया कपमा भारतले पाकिस्तानसँग खेल्ने, हुन सक्छ ३ भीडन्त
नयाँ दिल्ली । एसिया कपमा भारत–पाकिस्तान भिडन्तको बाटो खुलेको छ । भारत सरकारले बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग खेल्न प्रतिबन्ध नभएको जनाएको छ । तर, द्विपक्षीय शृङ्खलामा भारतको अडान यथावत रहने पनि भारतको खेलकुद मन्त्रालयले जनाएको छ। खेलकुद मन्त्रालयका एक अधिकारीका अनुसार अन्तर्राष्ट्रिय कार्यक्रमहरूको लागि भारतको नीतिको व्याख्या गरिएको छ।
यस अनुसार भारतीय टोलीले पाकिस्तानमा हुने प्रतियोगितामा भाग लिने छैनन्, न त पाकिस्तानी टोलीलाई भारतमा खेल्न दिइनेछ। यी दुई देशको खेल अन्यत्र देशमा खेल्नु पर्नेछ ।
तर, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय प्रतियोगिताहरूमा (चाहे भारतमा होस् वा विदेशमा) भारतले अन्तर्राष्ट्रिय खेलकुद संस्थाको नियम र आफ्ना खेलाडीहरूको हितलाई ध्यानमा राखेर निर्णय गर्नेछ। ती अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भारतीय टोली र भारतीय खेलाडी सहभागी हुनेछन्, जसमा पाकिस्तानको टोली र खेलाडी पनि समावेश हुनेछन् ।
साथै, भारतमा आयोजना हुने बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानका टोली र खेलाडीले पनि सहभागी हुन पाउने भएका छन् ।
गत १९ अगस्टमा बीसीसीआईले एसिया कपमा सहभागी हुने भारतीय टोलीको घोषणा गरेको थियो । पहलगाममा भएको आतंकवादी हमला पछि भारतले क्रिकेट एसिया कपमा पाकिस्तानसँग नखेल्ने भनेर अडान लिइरहेको थियो । साथै, पूर्व क्रिकेटरहरूको भारतीय टोलीले विश्व च्याम्पियनसिप अफ लिजेन्ड्सले पनि पाकिस्तानसँग खेल्न अस्वीकार गरेको थियो।
यो वर्ष क्रिकेट एसिया कपको आयोजक भारत हो । पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरे पछि युएईमा आयोजना हुँदैछ । प्रतियोगिता सेप्टेम्बर ९ देखि सुरु हुनेछ। टीम इन्डियाको पहिलो खेल सेप्टेम्बर १० मा युएईसँग हुनेछ।
एसिया कपमा भारत र पाकिस्तानबीच ३ खेल हुन सक्नेछन् । पहिलो खेल १४ सेप्टेम्बरमा दुबई अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । दोस्रो खेल भने एसिया कपमा लिग चरणपछि सुपर–४ राउण्ड हुनेछ। सेप्टेम्बर २१ मा भारत र पाकिस्तान सुपर–४ राउण्डमा पुग्दा भारत र पाकिस्तानबीच दोस्रो खेल हुनसक्छ ।
तेस्रो खेल चाँही यदि दुवै टोली फाइनलमा पुगे भने एसिया कपको तेस्रो खेल २८ सेप्टेम्बरमा भारत र पाकिस्तानबीच हुनेछ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

