सन्दिपले लिए पाँच विकेट, १४ रनले नेपाल बिजयी
काठमाडौं, १० भदौं । नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ ।
लेगस्पीनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए पछि नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट हुन बिबश भयो ।
नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन दिएर ५ विकेट लिएका हुन् । त्यस्तै करण केसीले २ तथा रुपेश सिंहले १ विकेट लिए पछि अष्ट्रेलिया दबाबमा परेको थियो ।
एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक केघले २५ रन बनाए भने काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा बनाउन सफल भएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा गएको नेपाली टोलीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए ।
नेपालले यस खेल सकिए लगत्तै आजै दोस्रो टी–२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि टी–२० र एक वान डे खेल खेल्नेछ ।
नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।
सम्बन्धित समाचार
चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ठूलो सफलता
टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु
निसान टेक्टन नाइमा नेपाल मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै, के-के छन् विशेषता ?
भारतका १ लाखभन्दा बढी विद्यालयहरूमा केवल एक शिक्षक
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

