६ वर्षका स्वर्णिममा देखिएको क्रिकेट र देशप्रेम
काठमाडौं । ६ वर्षका स्वर्णिम भुषाल अहिले अष्ट्रेलियाको डार्बिनमा परिवारसँग बस्छन्। नेपालको पर्वतका स्थायी बासिन्दा स्वर्णिम अहिले चर्चामा छन्।
उनी चर्चामा आउनुको खास कारण हो उनले नेपाली राष्ट्रिष्य क्रिकेट टोलीको पोषाक लगाएर अष्ट्रेलियामा नै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सर्मथन गर्दै क्रिकेट हेरिरहेको दृश्य क्यानले आफ्नो अफिसियल पेजमा पोष्ट गर्नु। जब क्यानले ६ वर्षका स्वर्णिमको एउटा तस्विर आफ्नो पेजमा पोष्ट गर्यो स्वर्णिम भारतीय र पाकिस्तानी मिडियामा छाए।
नेपालको राष्ट्रिय क्रिकेट टिम र पाकिस्तान एसँगको हालै सम्पन्न टप इण्ड टि ट्वान्टी सिरिज खेलमा स्वर्णिम परिवारसँग उक्त खेल हेर्न डार्बिनको डिक्सी एरिना नामक स्टेडियममा पुगेका थिए। ६ वर्षको बालकमा देखिएको क्रिकेट र देशप्रेम निकै लोभलाग्दो भएको भन्दै भारतीय मिडियाहरुले समाचारमा उल्लेख गरेका छन्।
क्यानले स्वर्णिमसहित नेपाली राष्ट्रिष्य क्रिकेट टोलीलाई स्वागत गर्न मैदानमा पुगेको दृश्य पनि आफ्नो पेजबाट सेयर गरेको छ।


सम्बन्धित समाचार
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
कस्तो छ आजको मौसम पूर्वानुमान ?

