पिएसजीकाे लगतार तेस्राे जीत, साे जितमा जोआओ नेभेसको ह्याट्रिक
काठमाडौं । पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा शनिबार टोलोजविरुद्ध ६-३ को सहज जित दर्ता गरेको छ । लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको पिएसजी शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको टोलोज समान खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।
पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन नेभेसले ह्याट्रिक गर्दा ओस्माने डेम्बेलेले दुई तथा ब्राडली बार्कोलाले एक गोल थपे । टोलोसका लागि चार्ली क्रेसवेल, यान गबोहो, एलेक्सिस वोसाहले गोल फर्काए ।
खेलकोसातौं मिनेटमा नेभेसको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । दुई मिनेटपछि नै बार्कोलाले टोलीको अग्रता दोब्बर बनाए । नेभेसले १४औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ३१औं मिनेटमा डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दा पिएसजी ४-० ले अगाडि बढ्यो ।
क्रेसवेलले ३७औं मिनेटमा टोलोजका लागि पहिलो गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन कासेरेस जुनियर पेनाल्टीमा चुक्दा टोलोजले गोल अन्तर कम गर्ने अवसर गुमाए ।
डेम्बेलेले ५१औं मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । ७८औं मिनेटमा नेभेसले ह्याट्रिक पूरा गरे । गबोहोले ८९औं मिनेटमा टोलोजका लागि दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा बोसाहले गोल टोलोजका लागि तेस्रो गोल फर्काए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

