अफगानिस्तानमा ६.३ रेक्टर स्केलको भूकम्प, २०जनाको मृत्यु
काठमाडौं । आइतबार राति अफगानिस्तानमा आएको ६.३ रेक्टर स्केलको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु भएको छ। भूकम्पमा परी ११५ भन्दा बढी घाइते भएका छन्, जसलाई नान्गारहार र कुनार प्रान्तका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार उद्धार तथा राहत कार्य जारी छ र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
भूकम्पको केन्द्रबिन्दु जमिनमुनि करिब १६० किलोमिटर गहिराइमा रहेको बताइएको छ। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो। पहिलो ठूलो भूकम्पपछि ४।७, ४।३ र ५।० रेक्टर स्केलका पराकम्प पनि महसुस भएको टोलोन्यूजले जनाएको छ।
यसअघि २०२३ अक्टोबर ७ मा अफगानिस्तानमा आएको विनाशकारी भूकम्पमा ठूलो मानवीय क्षति भएको थियो। तालिबान सरकारले उक्त भूकम्पमा ४ हजारको मृत्यु भएको दाबी गरेको थियो भने संयुक्त राष्ट्रसंघले १५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
भूगर्भीय रूपमा अफगानिस्तानलाई भूकम्पप्रवण क्षेत्र मानिन्छ। हिन्दुकुश पर्वत शृङ्खला भूकम्पका दृष्टिले सक्रिय क्षेत्र हो, जहाँ हरेक वर्ष साना–ठूला भूकम्प आउने गर्छन्। अफगानिस्तान भारतीय र युरेशियन टेक्टोनिक प्लेटको बीचमा अवस्थित भएकाले फल्ट लाइनमा हुने हलचलका कारण प्रायः शक्तिशाली भूकम्प आउने गरेको विज्ञहरूले बताउँदै आएका छन्।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

