ग्रिसका महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशभिसबाट खेल्ने
काठमाडौं । ग्रिसका राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा नेपाल आइपुगेकी छन्। आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने ‘एभरेस्ट महिला भलिबल लिग’मा सहभागी हुन चान्टाभा नेपाल आएकी हुन्। उनी कर्णाली यशभिसबाट खेल्नेछिन्।
सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको विभिन्न क्लबमा आबद्ध भएर खेलिसकेकी छन्। खेल जीवनमा उनको टिम दर्जनौ पटक विजेता बनेको छ भने दर्जनौ अवार्ड समेत पाइसकेकी छन्। आउटसाइट हिटर चान्टाभाका लागि नेपाली क्लब र मैदान पहिलो हो।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै चान्टाभाले नेपालमा आएर भलिबल खेल्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। उनले आफू आबद्ध कर्णाली यशभिसलाई दोस्रो पटक च्याम्पियन बनाउने गरी खेल्ने बताइन्।
कर्णाली यशभिसले ब्राजिलियन दुई खेलाडी आना फ्लाभिया र मायरा भिटोरियालाई पनि अनुबन्ध गरेको छ। उनीहरू सोमबार साँझ नेपाल आइपुग्ने जनाइएको छ।
महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर बनाएको कर्णाली यशभिसले प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिदै लिगको अन्तिम तयारी गरिरहेको छ।
सम्बन्धित समाचार
चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ठूलो सफलता
टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु
निसान टेक्टन नाइमा नेपाल मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै, के-के छन् विशेषता ?
भारतका १ लाखभन्दा बढी विद्यालयहरूमा केवल एक शिक्षक
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने

