ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौँ। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित सडकमा भएको सवारी दुर्घटनामा शनिबार एक जनाको मृत्यु भएको छ । यहाँस्थित पहेँलो पुलबाट जम्बुडाँडातर्फ जाँदै गरेको बा५ख ३२३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री काठमाडौँ चाबहिल बस्ने गोरखा घर भएकी ५८ वर्षीया जिरादेवी दानीको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दानीको जोरपाटीस्थित शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैचीच काठमाडौँको सिनामङ्गलमा एक व्यक्ति मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित तरकारी बजार नजिकै झाँडीमा अन्दाजी ३२ वर्षीय पुरूष आज मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । निजको पहिचान नखुलेको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

