• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ बैशाख २०८३, शुक्रबार
२५ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
  • ११ घण्टा 

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १४ घण्टा 

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट
  • १४ घण्टा 

Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features
  • १५ घण्टा 

२०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सरकारको कडाइ, सबै तहलाई आग्रह
  • १ दिन 

लोकप्रिय समाचार

  • १. क्लासिकको पुनरागमन : नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

  • २. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ३. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • ४. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ५. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • ६. कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ७. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन, लक्ष्यको करिब ७० प्रतिशत पूरा

  • १०. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

नुनथर महादेवस्थान अब्यवस्थित बन्दै, भक्तजन निराश

जानकारी केन्द्र २०८२, भाद्र, २२

सञ्जय मिश्र  रौतहट । २२ भदौ ।हिन्दूहरूको आस्थाको केन्द्र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित नुनथर महादेव मन्दिर पछिल्ला दिनमा अव्यवस्था, अनियमितता र आपराधिक गतिविधिका कारण विवादमा परेको छ।

मधेश प्रदेश देखी सीमावर्ती भारतीय भक्तजनहरूको धार्मिक आस्था र श्रद्धाको केन्द्र मानिने यो मन्दिरमा खुलेआम मासु काट्ने कार्य देखि कर असुलीसम्मका गतिविधि भइरहेको भक्तजनहरूले आरोप लगाएका छन्।

नुनथर महादेव स्थानमा हरेक वर्ष साउन र भदौ महिनामा हजारौँ बोलबम भक्तजन बागमती नदीबाट जल ल्याई भगवान् शिवको मूर्तिमा अर्पण गर्दै पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। त्यतिमात्र नभई मन्दिर छेउमै रहेको बागमती नदीबाट हजारौँ भक्तजनहरुले जल लागेर आराध्यदेव महादेव मन्दिरमा चढाउने गर्दछन्।तर पछिल्लो समय पवित्र स्थलको गरिमा मासिन थालेको भन्दै भक्तजन आक्रोशित बनेका छन्।

जिल्लाकै धरोहरको रूपमा रहेको नुनथर महादेव मन्दिर ब्यवस्थित गर्न कसैले चासो नदेखाए पछि भक्तजन निरास भएका छन्।

मन्दिरमा पूजा गर्न जाने भक्तजनसँग प्रवेशद्वारमै कर उठाइने गरेको छ, जसलाई श्रद्धामाथिको खुला व्यापारको रूपमा आलोचना गरिएको छ। कटहरिया- ५ का श्रद्धालु रामचन्द्र गोसाईंका अनुसार नुनथर महादेव मन्दिरमा जल चढाउन दर्शन गर्न जाँदा आफूलाई ठेकदारको मान्छे बताउनेहरुले जबरदस्ती पैसा लिने गर्दछन्। पैसा दिन बिरोध गरे पछि उनीहरूले अपशब्द प्रयोग गर्ने र कुटपिटको धम्की दिनेगरेको गोसाईंले गुनासो गरेका छन्।

मन्दिरको गेट भित्रै मासु र मदिरा बिक्री हुने गरेको स्थानीय सञ्चारकर्मी तेजबिक्रम कार्कीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गरेका छन्।

यसबारे नगरपालिका मौन बसेर राजस्व मात्र खोजेको कार्कीको आरोप रहेको छ।

संचारकर्मी कार्कीका अनुसार भेटी रकममा पारदर्शिता छैन  । साउन महिनामा सोमबार चढाइने भेटी पुजारीहरूको जीविकोपार्जनको आधार भएपनि उक्त रकम कसरी खर्च हुन्छ भन्नेबारे पारदर्शिता छैन। समितिमा कति जान्छ र व्यक्तिगत खल्तीमा कति ? भन्ने लेखाजोखा सार्वजनिक छैन् ।

साथै, दर्शन गर्न आउने भक्तजनलाई उच्च स्वरमा धम्क्याएर टिकट काट्न बाध्य पारिएको गुनासो पनि सार्वजनिक भएको छ।

धार्मिक स्थल श्रद्धा र संस्कृतिको प्रतीक भएकाले यहाँ भएका अव्यवस्थित गतिविधिले नकारात्मक सन्देश फैलाइरहेको छ।

आस्थामाथि आधारित स्थललाई व्यक्तिगत लाभ र व्यवसायिक स्वार्थको अखडामा परिणत गर्ने प्रवृत्तिले धार्मिक पर्यटन र समाज दुबैलाई असर गर्ने देखिन्छ।

धार्मिक स्थलभित्र यस्ता आपराधिक गतिविधि हुनु सम्बन्धित निकायको उदासीनताको प्रत्यक्ष प्रमाण हो। भक्तजनहरूले तत्काल यस्ता गतिविधिमा नियन्त्रण गर्न, भेटी रकमको पारदर्शी लेखाजोखा गर्न र मन्दिरको पवित्रता कायम राख्न प्रशासन तथा स्थानीय तहलाई आह्वान गरेका छन्। नत्र, बेलैमा होस नपुर्‍याए परिणाम गम्भीर हुने चेतावनीसमेत दिइएको छ।

धार्मिक स्थलसँगै नुनथर एउटा पिकनिक स्पटको रुपमा समेत परिचित रहेको छ।

उक्त स्थानमा दैनिक दर्जनौं टोली पिकनिक मनाउन, रमाईलो गर्न जाने गरेको पाइन्छ। तर, पिकनिक भन्दा पनि नुनथर महादेव मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा निकै परिचित रहेको छ।

प्रत्येक बर्ष मधेश प्रदेशका सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा संगै भारत बिहारबाट हजारौँ भक्तजनहरू नुनथर स्थित बागमती नदीमा जल लिन र महादेव मन्दिरमा पूजा अर्चना गर्न आउने गर्दछन्।तथापी नुनथर महादेव मन्दिरलाई ब्यवस्थित गर्न र मन्दिर परिसर भन्दा टाढा पिकनिक स्पट राख्न स्थानीय निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिन्छ।

चन्द्रपुर नगरपालिकाको धरोहरको रूपमा रहेको नुनथर महादेव मन्दिरको संरक्षण गर्न मेयर सञ्जय कुमार काफ्लेको तत्काल ध्यान जानु जरुरी रहेको स्थानियले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

ताजा

२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

चिटवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.