ओलीको पक्षमा यसरी उर्लिए युवाहरु
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओलीको पक्ष विपक्षमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ । तर ओलीकै निरन्तरताको माग गर्दै युवाहरुले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
दिउँसो ३ बजेदेखि झण्डै डेढ घण्टा युवाहरुले राष्ट्रिय झण्डा, नारा र प्लेकार्डसहित प्रदर्शन गरेका थिए । यद्धपी प्रदर्शनमा पार्टी तथा भ्रातृ संस्थाको झण्डा प्रयोग भएको थिएन ।
सयौंको संख्यामा उपस्थितहरुले ओलीले राष्ट्रिय स्वाभिमान उँचो बनाएको, भारतीय नाकाबन्दीको सामना गरेको, विकास र समृद्धिको बाटो लिएको भन्दै नाराबाजी गरेका थिए । कतिपयले ‘आईएमविथकेपीओली’ लेखिएको टिसर्ट लगाएका थिए । सामाजिक सञ्जालमा खडा भएको ‘स्वतन्त्र युवा अभियान’ले प्रदर्शन गरेको हो । प्रदर्शनमा एमाले निकट युवा तथा विद्यार्थीहरुको उपस्थिति रहे पनि मञ्चमा चिनिएका नेता कार्यकर्ता थिएनन् ।उपस्थित कतिपयले आफूले अहिलेसम्म एमालेलाई भोट नदिएको, कुनै पार्टीको समर्थक नभएको भन्दै गीत, कविता, मुक्तक र क्यारिकेचर प्रस्तुत गरेका थिए । युवाहरुले शुक्रबार बिहान पनि पोखरामा ओलीको पक्षमा मोटरसाइकर्ल याली तथा प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

