अमेरिका, क्यानडा पठाउँछु भनी रकम लिई ठगी गर्ने व्यक्ति लाइ प्रहरीले यसरी समात्यो
फेसबुकबाट सम्पर्क बढाई अमेरिका, क्यानडा पठाउँछु भनी रकम लिई ठगी गर्ने भक्तपुर च्याम्हासिंह बस्ने सिन्धुपाल्चोक माङखा गाविस–७ घर भएका ३३ वर्षीय जेभि भन्ने तुलबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको छ ।
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुसार तामाङले जे.भि. नाममा फेसबुक आइडी खोली विभिन्न व्यक्तिहरूलाई फ्राइन्ड रिक्वेस्टमार्फत सम्पर्क बढाई आफु अमेरीकाको पिआर प्राप्त व्यक्ति भएको, आफ्नो आमा क्यानडाको डाक्टर भएको भनी विभिन्न व्यक्तिहरूलाई प्रलोभन देखाई ठगी गरिरहेको सूचनाको आधारमा खटिएको महाशाखाको विशेष टोलीले तामाङलाई भक्तपुर च्याम्हासिंहबाट पक्राउ गरेको हो ।
तामाङले फेसबुक मार्फत साथी बनाई लेवनानमा रोजगारीमा रहेकी श्रृजना दोङ्गसँग नेपाल आएको समयमा भेट गरी अमेरीका लैजाने भनी ९ लाख रुपैयाँ, श्रृजनाका भाई संजय दोङ्ग र मिम लामालाई क्यानडा पठाउने भनी १३ लाख रुपैयाँ तथा साइप्रसमा रोजगारीमा रहेकी कुसुम लामालाई क्यानडामा आफ्नो आमा डाक्टर रहेकोले क्यानडा सँगै जाऔं भनी नेपाल बोलाई ९ लाख रुपैयाँ लिई ठगी गरेको खुल्न आएको छ ।
तामाङलाई ठगी मुद्दामा अनुसन्धान एवं कारवाहीको लागि महाशाखाले बिहिबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

