नेपालको ऐतिहासिक जित : वेस्ट इन्डिजलाई हराउँदै युनिटी कप सिरिज उपाधि सुनिश्चित
काठमाडौं । नेपालले लगातार दुई खेल जित्दै टेस्ट राष्ट्र वेस्ट इण्डिजसँगको युनिटी कप सिरिजको उपाधि हासिल गरेको छ । तीन खेल सम्मिलिन टी-२० आई सिरिजको उपाधि नेपालले एक खेलअगावै जितेको हो ।
सोमबार यूएईको शारजाहमा भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको विशाल अन्तरले पारजित ग¥यो । त्यसअघि शनिबार भएको खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो ।
सोमबार टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको थियो । नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतकीय अविजित पारी खेले । ४७ बलको सामना गरेका उनले ८ चौका र २ छक्काको मद्दतमा ६८ रन बनाए ।
त्यसैगरी, सन्दिप जोराले पनि उत्कृष्ट ब्याटिङ गरे । ३९ बलको सामना गरेका उनले ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए । त्यसबाहेक मोहम्मद आदिल आलमले ११ रन जोडेपनि अरु ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
धारिलो नेपाली बलिङसामु १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पूरै २० ओभर पनि खेल्न सकेन । उसले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदा केबल ८३ रन मात्र बनाउन सक्यो ।
त्यस्तै, ब्याटिङमा चल्न नसकेका आपनर कुशल भुर्तेलले पनि तीन विकेट लिए । केबल २।१ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरी, करण केसी र ललीत राजवंशीले समान एक विकेट लिए । अब नेपालले मंगलबार सिरिजको तेस्रो तथा अन्तिम खेल शारजहामै खेल्नेछ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

