११ न्यायाधीशको नियुक्ति प्रक्रिया आइतबार टुङ्गिदै
जानकारी केन्द्र
२०७३, श्रावण, १६
सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नियुक्ति प्रक्रिया आइतबार टुङ्गिने भएको छ ।
व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिको आइतबार बिहान हुने बैठकले प्रस्तावित न्यायाधीशको उपयुक्तता वा अनुपयुक्तताबारे निर्णय गर्नेछ । गत बुधबार र बिहीबार समितिले प्रस्तावित न्यायाधीशको सुनुवाइ पूरा गरे पनि निर्णय भने गरेको थिएन । शुक्रबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा परेकाले समितिको बैठक स्थगन भएको थियो ।
यसैगरी आइतबारको बैठकमा २२ मुलुकका लागि प्रस्तावित राजदूतका बारेमा समितिलाई प्राप्त गोप्य उजुरी खोलिने तथा ती उजुरी समितिका सबै सदस्यलाई अध्ययनार्थ वितरण गर्ने कार्यसूची निर्धारण गरिएको संसदीय सुनुवाइ विशेष समितिले जनाएको छ । उजुरी अध्ययनपछि उक्त समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ थाल्ने बताइएको छ ।
रातोपाटि बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

