२५ हजार फिट माथिबाट बिना पारासुट हामफालेर विश्व कीर्तिमान !
जानकारी केन्द्र
२०७३, श्रावण, १६
अमेरिकी स्काइडाइभर लुक एइकिन्सले बिना पारासुट २५ हजार फिट माथीबाट हाम फालेर कीर्तिमान कायम गरेका छन् ।
दक्षिणी क्यालिफोर्नियामा बिना पारासुट २५ हजार फिट माथीबाट हाम फाल्दै सुरक्षित जालीमा अवतरण गरी एइकिन्सले गिनिज बुकमा नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।
२६ वर्षदेखि स्काइडाइभिङ पेशामा आबद्ध ४२ बर्षे एइकिन्सलाई २५ हजार फिटबाट अवतरणका लागी राखिएको जालीसम्म आइपुग्न २ मिनेट लागेको थियो । उनको यो साहासिक कार्यलाई फक्स टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।
एइकिन्सले २ वर्षअघि साथीहरुले आफूलाई यो साहासिक कार्यका लागी हौसला दिएको बताएका छन् ।
युएस पारासुट एसोसियसनका ट्रेनिङ एडभाइजर रहेका एइकिन्सले आफुले देखेको सपना यथार्थमा परिणत हुँदाको खुसी शब्दमा बर्णन गर्न नसक्ने बताए । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

