प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित, प्रचण्डको पक्षमा ३६३ र विपक्षमा २१० मत
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार व्यवस्थापिका संसदमा भएको मतदानमा बहुमत सदस्यको समर्थनका साथ निर्वाचित भएका हुन् ।
प्रधानमन्त्रीको लागि भएको निर्वाचनमा खसेको कूल ५७३ मत मा प्रचण्डको पक्षमा ३६३र विपक्षमा २१० मत खसेको थियो । मतपरिणाम सुनाउँदै सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएको संसदलाई जानकारी दिइन् ।
संसदको सबैभन्दा ठूलो दल कांग्रेस, ४२ मत रहेको मधेसी मोर्चासमेतको संघीय गठबन्धन, फोरम लोकतान्त्रिक, राप्रपालगायत साना दलको समर्थनमा दाहाल प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनको पार्टी माओवादी केन्द्र भने संसदमा तेस्रो ठूलो दल रहेको छ । निर्वाचनमा ५ सय ७३ सांसद उपस्थित थिए । दाहालविरुद्ध अन्य कुनै पनि दलले उम्मेदवारी दिएका थिएनन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एक मात्रै उम्मेदवारी परे पनि अन्य पदमा जस्तो निर्विरोध घोषणा हुँदैन ।
संसदको दोस्रो ठूलो दल एमाले र केही साना दलले विपक्षमा मतदान गरेका थिए । पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन माओवादी र तेस्रो दल एमालेको गठबन्धनका तर्फबाट २०६५ भदौमा दाहाल पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसको नौ महिनापछि नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवालको विवादास्पद बर्खास्ती प्रकरणमा उनले २०६६ वैशाख २१ मा पदबाट राजीनामा दिएका थिए ।
प्रधानमन्त्रीबाट नौ महिनामै बाहिरिएको नौ वर्षपछि उनी पुन: नौ महिनाका लागि प्रधानमन्त्री हुन लागेका हुन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध सदनमा अविश्वास प्रस्ताव दर्ता गर्नुअगावै कांग्रेस र माओवादीबीच सत्ता समीकरण निर्माणका लागि भएको सहमतिमा दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले नौ-नौ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् । नेपालमा दोहोरिएर प्रधानमन्त्री हुने पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

