मलेसिया कामदार पठाउन खुला
जानकारी केन्द्र
२०७३, श्रावण, २४
मलेसिया कामदारा पठाउन पुनः खुला भएको छ। अगष्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय गरेको छ। अब नेपालसहित १५ वटा मुलुकबाट कामदार त्यहाँ जान सक्नेछन्। झन्डै सात महिनादेखि मलेसिया कामदार पठाउन बन्द हुँदा नेपाललाई सबैभन्दा बढी मार परेको थियो। यो सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो। रेमिट्यान्स पनि सबैभन्दा धेरै यही देशबाट आउने गर्छ।
मलेसियाले अबदेखि बंगलादेशबाट पनि कामदार लिने भएको छ।
यसअघि १४ वटा स्रोत मुलुकमा राखिएकोमा अब बंगलादेश पनि थपेर १५ पुर्याइएको हो। बंगलादेश खुला गरेपछि नेपालीलाई भने कामदार पठाउन खुला भए पनि तुलनात्मक रूपमा घाटा हुने भएको छ। विगतमा बंगलादेश बन्द गरेकै कारण नेपालीले विविध अवसर पाएक थिए। निशुल्क भिसा र टिकटमा बंगलादेशसँग प्रतिश्पर्धा गर्न कठिन हुने व्यवसायीहरू बताउँछन्।
अन्नपूर्णपोष्टबाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

