नक्कली डाक्टर यसरी प्रक्राउ गर्दै प्रहरी
जानकारी केन्द्र
२०७३, श्रावण, २५
नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा डाक्टर भएका २ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंन्जले आइतबार पक्राउ गरेको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताएको छ ।
पक्राउ पर्नेहरुमा मिडाट हस्पिटल लगनखेल ललितपुरमा कार्यरत कुपण्डोल बस्ने सर्लाही मलंगवा–३ का ३२ वर्षीय र्जाना सविहा र शिवपुरी डेन्टल क्लिनिक महाराजगंज समेतमा कार्यरत काठमाडौं स्वयम्भु सानोभर्याङ बस्ने सुनसरी धरान नगरपालिका–१० का ४० वर्षीय किशोर गुरुङ रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविन पश्चात, केन्द्रीय अनुसन्धान ब्यूरोबाट नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सक भएकाहरू तथा अन्य चिकित्सकको एनएमसी दर्ता नम्बर प्रयोग गरी चिकित्सकीय अभ्यास गरिरहेका बिरूद्ध ‘अपरोशन क्वाक’कै क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
जार्नालाई मिडाट हस्पिटल लगनखेल ललितपुरबाट र किशोरलाई शिवपुरी डेन्टल क्लिनिक महाराजगंजबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौबाट ठगी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरू भएको नेपाल प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

