के बनिरहेछ आर्थिक विकासको बाधक ?
रोशन पोखरेल
हाम्रो देश नेपालमा व्यवसायको अझ राम्रो विकास हुन सकेको छैन । जबकी व्यापार व्यवसायको विकास बिना आर्थिक विकास सम्भव छैन । देशलाई वर्तमान अवस्थामा विकर्सीत देशको दाजोमा पुर्याउन आर्थिक विकास अनिवार्य सर्त हो ।
आर्थिक विकासका लागी देशमा तदनु रुपको वातावरण सृजना गर्ने काम मूलत राजनीतिको हो तर राजनीति देश र समाजमा प्रचलित औसत अवधारणा, चिन्तन र प्रवृत्ति भन्दा बाहिर निस्कन सकेन भने त्यसले आर्थिक विकासको वातावरण निर्माण गर्न सक्दैन । हाल नेपालमा राजनीतिका कारण व्यापार व्यवसायको माध्यमबाट जीविका गर्न चाहने आम जनताले आफुु अनुकुल वातावरण पाउन सकि रहेका छैनन् । व्यवसाय वर्ग चाहे सेवामुखी होस् या उत्पादनमुखी प्रोत्साहित बन्न नसके सम्म देशले विकासको गति लिन सक्दैन । देश विकासका निम्ती व्यवसायी वर्गलाई प्रतिस्पर्धी एवम् उपार्जनको अवसर दिनु देश विकासका निम्ती अग्रसर हुनु हो ।
बजारमा एकाधिकार कतैबाट पनि हुन दिनु हुदैन । बजार स्वतन्त्र र प्रतिस्पर्धात्मक हुनु पर्दछ । यस्तो वातावरण मिलाउने काम कर्तव्य सरकारको नेतृत्व गर्ने राजनीतिज्ञले गर्नुृ आवश्यक रहन्छ । यहाँ साना तथा मझौला व्यवसायीहरु अर्थतन्त्रका मेरुदण्ड बनिसकेका छन् तर पनि चाहिएको बखत कुनै व्यवसायीक सल्लाह, पूजी बजार आदिबाट सधै बन्चीत बनिरहेका छन् । उनीहरुमा सूचना पुग्न सकिरहेको छैन । यिनीहरुलाई परेको बेला मार्गदर्शन गर्ने, सूचना र सल्लाह दिने, पूजी र प्रविधी जुताइदिने काम सरकारले गरि दिनु पर्दछ । एकातिर लगानी गर्न तम्सने बैकहरु पसल थापेर बसिरहेका छन् भने अर्को तर्फ साना तथा मझौला व्यवसायीहरु रातदिन मेहनत गरेर पनि मेहनतको अभावमा आफ्नो व्यवसाय चाहे जसरी सन्चालन गर्न सकिरहेका छैनन् । जबकी उनीहरुलाई प्रोत्साहित गर्नु राज्यको दायित्व रहन्छ तर राज्य सन्चालन गर्ने राजनीतिक नेतृत्वमा रहेका कुर्सी ताना तानले यस सम्वन्धी ध्यान कसैको गएको देखिदैन जसलाई हामी हाम्रो देशको विडम्वना भनेर भन्न सक्छौ
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

