• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        बिहीबार, माघ २३, २०८२
बिहीबार, माघ २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ माघ १९ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ८. २०८२ माघ १८ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. २०८२ साल माघ १६ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

टिकटकले प्रयोगकर्ताका लागि ल्यायो टाइम र वेल-बीइंग फिचरहरू

काठमाडौँ । टिकटकले बिहिबार आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ Time and Well-being स्पेस सुरु गरेको घोषणा गरेको छ। यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको बताइएको छ।

सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत Family Pairing फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको Time Away फिचर जस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको जनाइएको छ। यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि Meditation Feature पनि सुरु गरेको छ।

अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडीकेटेड टुल्स सहित नयाँ अनुभवहरू उपलब्ध गराएको बताएको छ।

सकारात्मक आनीबानीको विकास

नेपालभरिका मानिसहरूले टिकटक मार्फत आफ्ना रुचिहरू खोज्छन् र #JournalTok, #NatureTok जस्ता कम्युनिटीसँग जोडिन्छन्। अब नयाँ Time and Well-being फिचरले हाम्रो कम्युनिटीलाई आराम गर्न, मन शान्त पार्न र रिल्याक्स हुन अझ सरल बनाइदिएको छ।

यो फिचरले अहिलेको Screen Time Management पेजलाई हटाएर, यसको ठाउँमा धेरै नयाँ उपयोगी विकल्पहरू ल्याउँछ, जस्तै:
• Affirmational Journal – हरेक दिनका लागि आफ्नो मनोभाव वा उद्देश्य सेट गर्न सकिने, जहाँ १२० भन्दा बढी affirmation कार्डहरू डाउनलोड गर्न वा अरूसँग शेयर गर्न सकिने सुविधा छ।
• Soothing Sound Generator – वर्षा, समुद्री छाल, र white noise जस्ता मन शान्त बनाउने आवाज सुन्न सकिने। सर्वेक्षण अनुसार, टिकटक प्रयोगकर्ताहरू प्रयोग नगर्नेहरू भन्दा १४% ले बढी निद्रा वा आराम पाउनका लागि संगीत सुन्छन्।*
• Breathing Exercises – विभिन्न प्रकारका ध्यान र सास-प्रश्वास अभ्यासहरू, जसले तनाव घटाउन र मन स्थिर राख्न सहयोग गर्छ।

डिजिटल वेल-बीइंग र सचेत अनुभवका थप सुविधाहरू
नयाँ Time and Well-being स्पेस सुरू गर्दै, टिकटकले अब चारवटा नयाँ Well-being Missions पनि ल्याएको छ। यी छोटा, रमाइला र सजिलै पूरा गर्न सकिने मिसनहरू हुन्, जसले प्रयोगकर्तालाई दीर्घकालीन, सन्तुलित डिजिटल बानी बनाउन मद्दत गर्छ। मिसनहरू पूरा गर्दै जाँदा, प्रयोगकर्ताले ब्याज पाउँछन्, जसले उनीहरूको सचेत व्यवहारलाई प्रोत्साहन र मजबुत बनाउँछ।

• यी सुविधामा आठ–हप्ते Sleep Hours Mission समावेश छ, जहाँ प्रयोगकर्ताले भर्चुअल Well-being Tree बढाउन सक्छन्। योसँगै, निर्धारित सीमाभित्र रहेर प्रयोग गरेमा Daily Screen Time Badge, र हरेक हप्ता Screen Time रिपोर्ट चेक गर्ने Weekly Mission पनि उपलब्ध रहेको छ।
• प्रयोगकर्ताहरूले Well-being Ambassador Mission मार्फत आफ्ना साथीहरूलाई पनि मिसनमा सहभागी गराई यी अनुभवहरू सँगै गर्न निमन्त्रणा गर्न सक्छन्।

यी मिसनहरू पूरा गर्दा प्रयोगकर्ताले डिजिटल ब्याज कमाउन सक्छन् जसले उनीहरूको सचेत र स्वस्थ डिजिटल बानीलाई प्रोत्साहित गर्छ। यी मिसनहरू टिकटकको Digital Wellness Lab को आफ्नै अनुसन्धान, र Youth Council को सुझावका आधारमा तयार गरिएका हुन्। यो स्पेसले रोकथामभन्दा पनि सकारात्मक प्रोत्साहनलाई प्राथमिकता दिन्छ। अनुसन्धानका अनुसार, दुई तिहाई किशोर–किशोरीहरूले डिजिटल टाइम म्यानेजमेन्ट टुल्सलाई उपयोगी ठान्दछन्। पहिलो चरणको परीक्षणले राम्रो सहभागिता देखाएको छ, प्रयोगकर्ताहरू पहिलेको Screen Time मेनुमा भन्दा यो नयाँ स्पेसमा धेरै पटक फर्किएका छन्, र affirmation journal सबैभन्दा लोकप्रिय फिचर बनेको बताइएको छ।

अझ धेरै प्रयोगकर्तालाई टाइम एण्ड वेल-बीइंग स्पेसमा जोड्ने उद्देश्य
प्रयोगकर्ताले नयाँ Time and Well-being स्पेस सजिलै भेटून् भनेर, कसैको Daily Screen Time Limit पुगेको वा उनीहरूको Sleep Hours सक्रिय हुने अवस्थामा पनि टिकटकले सोही स्पेसको लिंक उपलब्ध गराउने छ। त्यसैगरी, Take A Break भिडियोहरूमा पनि नयाँ Time and Well-being पेजतर्फ निर्देशित गर्ने सन्देश थपिएको बताइएको छ। टिकटकको उद्देश्य यो स्पेसलाई कम्युनिटीका लागि अझ उपलब्ध, सजिलो र देखिने बनाउनु हो। टिकटकका अनुसार आगामी दिनहरूमा, हामी यी टुलहरूलाई मानिसहरूको दैनन्दिन प्रयोगको सक्रिय हिस्सा बनाउन थप फिचरहरू जारी गर्ने योजना बनाइरहेका छौँ। यसका लागि, टिकटकको सम्पूर्ण अनुभवमा यी वेल-बीइंग टुलहरूलाई अरू कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा पनि खोज–अनुसन्धान भइरहेको टिकटकले जनाएको छ।

टिकटकले यी फिचरहरूलाई प्लेटफर्मको अनुभवमै सहज रूपमा जोड्ने लक्ष्य राखेको छ, ताकि प्रयोगकर्ता कम्युनिटीले आराम गर्न, तनाव घटाउन र प्रविधिसँग सन्तुलित सम्बन्ध बनाउन सकून्। यससँगै, टिकटकले आफ्नो कम्युनिटीलाई केवल मनोरञ्जन मात्र होइन, उनीहरूको समग्र सु–स्वास्थ्यलाई समर्थन गर्ने स्थान प्रदान गर्ने प्रतिबद्धता पनि पुनःप्रस्तुत गर्दछ।

टिकटकको बारेमा
टिकटक छोटो मोबाइल भिडियोको प्रमुख विश्वव्यापी प्लेटफर्म हो। यसको उद्देश्य सृजनशीलतालाई प्रेरित गर्नु र खुशी बाँड्नु हो। टिकटकको ग्लोबल मुख्यालय लस एन्जेलस र सिंगापुरमा छ, र न्युयोर्क, लन्डन, डब्लिन, पेरिस, बर्लिन, दुबई, जाकार्ता, सिओल र टोकियोमा यसका कार्यालयहरू छन्।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    लोकप्रिय

    २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    एकैदिन तोलामा १८ हजार ८ सयले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

    २०८२ माघ १७ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?

    राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    Recent Posts

    • एसइई परीक्षा कत्तिको महत्वपूर्ण छ ? के यसले विद्यार्थीको भविष्य निर्धारण गर्छ ?
    • राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
    • २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
    • हुलास फिनसर्भ हायर पर्चेजको खुद नाफा ९९.३३ प्रतिशतले वृद्धि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.