पूर्वबडामहारनी रत्नको जन्मदिनमा तामझाम नहुने
झन्डै नौ दशक पूरा गर्न लाग्नुभएकी पूर्वबडामहारानी रत्न घर छाडेर बाहिर ननिस्केको झन्डै ७ वर्ष पुग्यो ।
पूर्वराजा ज्ञानेन्द्रले एकपटक आफूसँगै निर्मल निवासमा बस्न आग्रह गर्दा समेत इन्कार गर्दै आएनुभएकी रत्नको आज भदौ ४ गते शनिबारबाट ८८ वर्ष पूरा हुँदैछ ।
दरबार हत्याकाण्डपछि एकान्तबास मन पराउनुभएकी उहाँको जन्मोत्सव त्यसपछि कहिल्यै पनि तामझामसहित बनाइएको छैन् ।
परिवारले पटक–पटक भव्य रुपमा जन्मोत्सव बनाउन आग्ह गर्दा पनि उहाँले कहल्यिै जाँगर गर्नुभएन ।
धर्मकर्म र भजन सुन्न अति इच्छा गर्नुहुने उहाँ परिवारसँगको जमघटमा कहिल्यै सामेल हुन चाहनुभएन ।
आफ्नै आँखा अगाडि २०५८ साल जेठ १९ मा जेठो छोरो वीरेन्द्रको वंशनाश भएपछि दरबार हत्याकाण्ड समझेर एकोहोरिने गर्नुभएकी उहाँको त्यसपछि रमाइलो गर्नेतिर ध्यान नगएको उहाँका हेरालुहरुले बताउादै आएका छन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

